Comments Add Comment

पटक पटक पक्राउ पर्दा पनि चोरी कै धन्दा

२८ माघ, काठमाडौं । चोरीको आरोपमा पटक पटक पक्राउ पर्दै छुट्दै गरेका रामेछापका भुल थापामगरलाई प्रहरीले पुनः चोरीकै आरोपमा पक्राउ गरेको छ ।

पछिल्लो पटक गत पुस २२ गते भक्तपुरको कौशलटारमा मन्दिरा अधिकारीको ५ लाख लुटेर फरार रहेका मगरलाई प्रहरीले पक्राउ गरेको हो । एनआइसी बैंकबाट निकालेको पैसा लुटेर फरार रहेका मगर पछिल्लो समय वित्तिय संस्थाहरुको निग्रानी गर्ने र लुटने धन्दामा सक्रीय भइरहेको प्रहरीले जनाएको छ ।

विभिन्न बैंक तथा वित्तिए संस्थाबाट पैसा निकाल्नेहरुको पैसा लुटने र फरार मोटरसाइकलमा फरार हुने यिनको शैली थियो । लुट्न प्रयोग भएको मोटरसाइकल भने टीका थपाले चलाउने गरेको खुलेको छ । प्रहरीले लुटपाटमा प्रयोग भएको बा ५१ प ६०३९ नम्बरको मोटरसाइकल, एक थान औंठी र मोबाइल पनि बरामद गरेको छ ।

यसअघि २०६७ सालमा चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका मगर ३ हजार धरौटीमा छुटेका थिए । त्यस पछि पकपनमा फेरी अर्को चोरी भए पछि थापा पक्राउ परेका थिए । कपनको चोरी आरोपमा अदालतले एक लाख ७५ हजार धरोटी बुझाउन नसके पछि थपा जेल पुगेका थिए । ७१ सालमा जेलबाट छुटे पछि पनि चोरीको धन्दा नछोडेको प्रहरीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment