+
+

तामिलनाडुको सत्ता सम्हाल्दै रजनीकान्त

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २९ गते ११:४७

मुम्बई । तमिलनाडुकी मुख्यमन्त्री जे जयललिताको निधन भएपछि मुख्यमन्त्रीको दावेदारीका लागि विभिन्न दलका नेताहरुविच रस्काकस्सी सुरु भएको छ । विभिन्न दलका नेताहरुले आफु मुख्यमन्त्रीको दाबी गरिरहे पनि स्थानिय जनताले भने स्वच्छ छबीको ब्यक्ति खोजी गरेका छन् । जतनाको भावना अनुरुप तमिल सुपरस्टार रजनीकान्त राजनितीमा प्रवेश गर्ने योजनामा छन् ।

रजनीकान्तलाई केहि ब्यक्तिले एउटै छुट्टै दल गठन गर्न सुझाब दिएका छन् । त्यसो त लमिलनाडु क्षेत्रमा भाजपाको प्रभाव थोरै रहेकाले भाजपासँग तालमेल गरेर चुनाबमा जान सुझाब समेत दिएका छन् ।

तमिलनाडुमा रजनीकान्तलाई एउटा ब्राण्डको रुपमा हेरिन्छ । राष्ट्रिय स्वयंसेवक संघका प्रवक्त एस गुरुमुर्तिले पनि रजनीकान्तलाई आफ्नो छुट्टै पार्टी बनाउन सुझाब दिएका छन् ।

रजनीकान्तका मित्र अमिताभ बच्चनले भने रजनीकान्तलाई राजनितीमा नलाग्न सुझाब दिएका छन् । अमिताभ र रजनीकान्तले केहि फिल्ममा संगै काम गरेका थिए । कांग्रेस पार्टीका तर्फवाट राजनितीमा प्रवेश गरेका अमिताभले पनि राजनितीप्रति मोहभंग भएको टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?