Comments Add Comment

अष्ट्रेलियाबाट फर्किए लगतै मुसहर बस्ती बनाउन श्रमदान गर्दै धुर्मुस

२९ माघ, महोत्तरी । अष्ट्रेलियामा सहयोग संकलन गरेर फर्किएलगतै कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ बर्दिबासमा निर्माणाधीन एकीकृत नमुना मुसहर वस्तीमा श्रमदान गर्न पुगेका छन् । कुञ्जना घिमिरे ‘सुन्तली’ भोलि पुग्दैछिन् ।

बस्ती निर्माणका लागि सहयोग जुटाउन धुर्मुस सुन्तली अष्ट्रेलिया गएका थिए । र, त्यहाँ ६५ लाख सहयोग रकम संकलन भएको छ ।

बस्ती पुगेकी दिन एक लाख सहयोग जुटेको छ । बर्दिबासका होटल व्यवस हिरा गौतमले बस्ती निर्माण स्थलमा पुगेर एक लाखको चेक हस्तान्तरण गरेका छन् ।

धुर्मुसले बैशाख १ गते घरबारविहीन मुसहरहरुलाई नयाँ घरमा प्रवेश गराउने लक्ष्य रहेको बताए । ‘निर्माण कार्य सम्पन्न गर्न अब हामीसंग मात्र २ महिना बाँकी छ । हाल सम्म हामीले ३५ प्रतिशत काम सकेकाछौं’ उनले भने ।

धुर्मुस सुन्तली फाउण्डसेनका अनुसार अहिलेस्म्म २ करोड भन्दा बढी रकम संकलन भइसकेको छ । तर, बस्ती निर्माणका लागि अझै २ करोड ५० लाख रकम अपुग रहेको भन्दै धुर्मुसले सहयोगका लागि अनुरोध गरेका छन् ।

एकीकृत नमुना मुसहर बस्ती निर्माणमा झन्डै ४ करोड ७८ लाख खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment