+
+

एनएमबीको नाफा ६६ प्रतिशत बढ्यो, सिभिलको वृद्धिदर सुस्त

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १ गते १३:०४


१ फागुन, काठमाडौं । पुससम्ममा एनएमबी बैंकको नाफा गत वर्षको पुसको तुलनामा ६६.४४ प्रतिशतले बढेको छ । गत वर्ष ४२ करोड कमाएको बैंकले यस वर्ष पुससम्ममा ७० करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ६५ प्रतिशतले बढेर १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । बैंकको फि कमिशन, विदेशी मुद्रा बिनिमय लगायतबाट भएको अन्य आम्दानी पनि करिब ७९ प्रतिशतले बढेर ४० करोड रुपैयाँ पुगेको छ । बैंकले यसअघि जोखिमवापत प्रावधानमा राखेको २२ करोडमात्र फिर्ता ल्याएको छ ।

बैंकको निक्षेप ३३ प्रतिशत र कर्जा लगानी ३८ प्रतिशतले वृद्धि भएको छ । बैंकको रियल इस्टेट र व्यक्तिगत आवासमा कुल कर्जाको १८ प्रतिशत लगानी भएको छ । यी दुई साथै राष्ट्र बैंकले भनेको अनुत्पादक क्षेत्र ओभरड्राफ्ट लोन, सेयर कर्जामा कुल कर्जाको करिब ४९ प्रतिशत लगानी भएको छ । बैंकमा ४ अर्ब ५४ करोड रुपैयाँ सञ्चित कोष रहेको छ ।

बैंकको चुक्ता पुँजी ३० प्रतिशतले बढेको छ । बैंकको पुँजी कोष लागत ४ प्रतिशत छ । बैंकसँग कर्जा लागनीको लागि अझै २.३६ प्रतिशत (सीसीडि रेसीयो ७७.६ प्रतिशत) बराबर पुँजी छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात १३.७९ प्रतिशत छ । खराब कर्जा भने १.८९ प्रतिशत मात्र छ ।

बैंकको प्रतिसेयर आम्दानी २८ र मूल्य आम्दानी अनुपात भने उच्च १८.०२ प्रतिशत छ । सेयरमा प्रतिफल १७ रुपैयाँ ८३ पैसा र प्रतिसेयर कुल सम्पत्ती १ हजार ६ सय ३६ रुपैयाँ रहेको छ ।

सिभिल बैंक

पुससम्ममा सिभिल बैंकको नाफा गत वर्षको पुसको तुलनामा ७ प्रतिशतले बढेको छ । गत वर्ष १५ करोड कमाएको बैंकले यस वर्ष पुससम्ममा १६ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ५० प्रतिशतले बढेर ५४ करोड रुपैयाँ पुगेको छ । बैंकको फि कमिशन, विदेशी मुद्रा बिनिमय लगायतबाट भएको अन्य आम्दानी पनि करिब ३७ प्रतिशतले बढेर १६ करोड रुपैयाँ पुगेको छ । बैंकले यसअघि जोखिमवापत प्रावधानमा राखेको २६ करोड फिर्ता ल्याएको छ ।

बैंकको निक्षेप २२ प्रतिशत र कर्जा लगानी २८ प्रतिशतले वृद्धि भएको छ । बैंकको रियल इस्टेट र व्यक्तिगत आवासमा कुल कर्जाको ९ प्रतिशत लगानी भएको छ । यी दुई साथै राष्ट्र बैंकले भनेको अनुत्पादक क्षेत्र ओभरड्राफ्ट लोन, सेयर कर्जामा कुल कर्जाको करिब ३७ प्रतिशत लगानी भएको छ । बैंकमा १ अर्ब ४२ करोड रुपैयाँ सञ्चित कोष रहेको छ ।

बैंकको चुक्ता पुँजी ५९ प्रतिशतले बढेको छ । बैंकको पुँजी कोष लागत ५.५ प्रतिशत छ । बैंकसँग कर्जा लागनीको पुँजी आभाव देखिएको छ । बैंकको सीसीडि रेसीयो ७९.०७ प्रतिशत छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात १७.३४ प्रतिशत छ । खराब कर्जा भने ४.४५ प्रतिशत छ ।

बैंकको प्रतिसेयर आम्दानी ७.३२ र मूल्य आम्दानी अनुपात भने उच्च ३४ प्रतिशत छ । सेयरमा प्रतिफल ५ रुपैयाँ ८५ पैसा र प्रतिसेयर कुल सम्पत्ती ८ सय ८५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?