Comments Add Comment

नेत्रहीन टी-२० विश्वकपको उपाधि भारतले जित्यो


१ फागुन, काठमाडौं । पाकिस्तानलाई ९ विकेटले हराउँदै भारतले नेत्रहीन टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

बेंगलुरुमा भएको फाइनलमा पाकिस्तानले भारतसामू १९८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

जसलाई घरेलु टोली भारतले १७.४ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका प्रकाश जयरमैयाले ९९ रनको शानदार पारी खेले ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १९७ रन बनाएको थियो ।

उसका मुहम्मद जमील र बदर मुनीरले ओपनिङ गरे । जमील २४ र मुनिरले ५७ रनको योगदान दिए । अन्य कुनै पनि व्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment