+
+

आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २ गते ९:५६

२ फागुन, काठमाडौ । आज पाँचौं विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् २०१२ बाट मनाउन सुरु गरिएको विश्व रेडियो दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

नेपालमा २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।

विश्वमा भने व्यवसायिक रेडियो प्रसारण सुरु भएको ९४ वर्ष भएको छ ।

नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले देशका सवैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।
नेपालजस्तो साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियोलाई प्रभावकारी सञ्चारमाध्यमका रुपमा लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?