+
+

स्थानीय तहको चुनाव माग गर्दै सर्वोच्चमा रिट दायर

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २ गते १३:५६

२ फागुन, काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । र, भोलिका लागि पेशी तोकिएको छ ।

अधिवक्ता चिरञ्जीवी नेपाल लगायतले दायर गरेको रिटमा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नु पर्ने र त्यस अनुसार नै चुनाव गर्नु पर्ने माग गरिएको छ ।

‘वैशाख/चुनावमा गर्ने भनिएको छ । तर, तह कि निकाय भनिएको छैन’ अधिवक्ता रिजालले भने, ‘आयोगको प्रतिवेदन अनुसार चुनाव हुनुपर्छ भनेर रिट हालिएको हो ।’

स्थानीय तह कि निकायको चुनाव गर्नेबारे परेको अर्को रिटमा सर्वोच्चले ११ गते फैसलाको मिति तोकिसकेको छ ।

स्थानीय तह पुनर्संरचना आयोगले ७१९ स्थानीय तहसहितको प्रतिवेदन बुझाइसकेको छ । तर, सरकारले प्रतिवेदन अध्ययनका लागि १५ दिने समय दिएर कार्यदल गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?