२ फागुन, काठमाडौं । माछापुच्र्छे बैंक लिमिटेडले फाल्गुन १ गतेदेखि सञ्चालनमा आउने गरीआफ्नो पाटन (गाःबहाल)शाखालाई कुमारीपाटी (तफाल्हो)मा स्थानान्तरण गरेको छ । उक्तशाखाको उद्घाटन बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले गरे ।
सञ्चालनमा आएको नयाँ शाखाबाट बैकले ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैंकिङ सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुविधा समेत उपलब्ध गराएको छ ।
रु. ४ अर्व ६६ करोड ६४ लाख चुक्तापुँजी रहेको बैकले पौषमसान्तसम्म रु ५८ अर्व २४ करोड निक्षेप परिचालन र रु. ५१ अर्व ८५ करोड कर्जा प्रवाह गरेको छ । सो अबधिमा बैंकले रु. ५७ करोड ५३लाख खुद मुनाफा गरेको छ ।
यस बैकले दैनिक बैंकिङ कारोवार सञ्चालन गर्न प्रयोग गरेको बैंकिङ सफ्टवेयर ग्लोबस बिश्वमा नै उत्कृष्ट मानिने बैंकले दाबी गरेको छ ।
हाल यस बैंकले ५६ शाखा तथा १ एक्स्टेन्सन काउन्टर मार्फत सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरीरहेको छ ।