Comments Add Comment

तौल कम गर्न भारत पुगेकी इमानको लागि अबको एक महिना चुनौतीपूर्ण

आफ्नो बजनका कारण एकाएक चर्चामा आएकी इजिप्टेली नागरिक ३७ वर्षीया इमान ऐहेमदका लागि अबको एक महिना चुनौतीपूर्ण रहने भएको छ ।

विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको उपाधी पाएकी इमान बेरियाटिक शल्यकि्रया लागि भारतपुगेसँगै उनमा चुनौती थपिएको हो । उनी बेरियाटिक शल्यकि्रयामार्फत आफ्नो तौल कम गर्नकै लागि गत शनिवार इजिप्टबाट भारतको मुम्बई आइपुगेकी छिन् ।

चिकित्सकहरुका अनुसार अबको २५ दिनमा ५० किलो बजन कम गराउने उद्देश्यका साथ उनलाई आजबाट झोलिलो पदार्थमात्र सेवन गर्न दिइनेछ । उनले चाहेको बेरियाटिक शल्यकि्रयाका लागि पनि उनले दिनमा दुई किलो बजन घटाउन अनिवार्य छ ।

उनको उपचारमा संलग्न चिकित्सक डा. कार्लिन रिमिडोसका अनुसार उनलाई यसअघि सम्म चिकित्सकहरुले चिकन, मटन तथा रोटीमा राखेका थिए । जुन उनी अलेक्जेन्डि्रया हुदाँ समेत खाने गर्थिन् । उनको शरीरलाई बढी तनाव नहोस् भन्नका लागि पनि विगतको दुई दिन उनलाई दिनमा एक पटक यी खानेकुराको सेवन गर्न दिइएको सेफी हस्पिटलकी न्युटि्रसनिष्ट तथा गु्रप मेनेजर डा. रिमिडोसले बताइन् ।

उनका अनुसार आजबाट भने इमानको खानाबाट ठोश पदार्थ पूर्ण रुपमा हटाइनेछ र उनलाई अबकोे करिब २५ दिन झोलिलो पदार्थ मात्र सेवन गर्न दिइनेछ । उनलाई प्रोटिन, फाइबर तथा डेरी प्रोडक्सयुक्त खानेकुरा दुई घण्टाको फरकमा दिनमा छदेखि सात पटकसम्म सेवन गर्न दिइनेछ ।

त्यसले उनको शरीरका प्रोटिनको कमी तथा क्याल्सियमको कमीलाई सन्तुलनमा राखी पाचन प्रकृयालाई मजबुत बनाउन मद्दत गर्छ ।

यसबाहेक इमानलाई केही समयको लागि मसाज सहितको फिजियाथेरापीमा समेत राखिने भएको छ ।

सबै कुरा वातानुकुल भएमा अबको २५ दिनमा उनको झण्डै ५० किलो बजन कम हुनेछ । इमानको तौल हाल ५०० केजी रहेको छ । उनको माटो शरीरकै कारण इमान विगत दुई दशकदेखि ओछ्यानमै रहँदै आएकी थिइन् । मोटोपनाकै कारण उनको शरीरका केही अंगहरुले काम गर्न छोडिसकेका थिए । अब फिजियोथेरापी सुरु भएसँगै ती अंगहरुमा पुनः रक्तसञ्चार प्रवाह भई ती अंगहरुलाई चलायमान बनाइने चिकित्सकहरुको भनाई छ ।

उनको उपचारमा संलग्न प्रमुख बेरियाटिक सर्जन डा. मुफज्जल लक्डावालाका अनुसार बेरियाटिक शल्यकि्रयाका लागि पनि इमानको तौल घट्न अत्यन्त जरुरी छ । डा. लक्डावाला तिनै शल्यचिकित्सक हुन् जसले इमानलाई मुम्बई आउन प्रेरणा दिएका थिए ।

यसबाहेक उनको किड्नी, मुटु तथा तथा कलेजोलाई समेत निगरानीमा राखिनेछ ।

त्यसको लागि सेफी हस्पिटलले डा. लक्डावालाको संयोजकत्वमा विशेषज्ञ चिकित्सक सहितको एउटा विशेष टोली नै गठन गरिसकेको छ । जसमा इन्ड्रोक्राइनोलोजिस्ट, कार्डियोलोजिस्ट, फिजिसियन, पोषणविद्, एनेस्थेसियोलोजिस्ट, न्युरोलोजिस्ट तथा नेफ्रोलोजिस्ट रहेका छन्।

ऋस्पतालले उनको लागि विशेष किसिमको शैश्याको समेत व्यवस्था गरेको छ, जुन ५ दिनभित्रमा आउदैछ । यो शैल्या फोल्ड गर्न मिल्ने किसिमको हुनेछ ।

‘अहिलेको शैश्या हल्लाउन नमिल्ने किसिमको छ । तर नयाँ आउने शैल्या चलाउन मल्नेका साथै मेचको रुपमा फोल्ड गर्न समेत मिल्नेछ । यसले इमानको टाउकोलाई उठाउन समेत मद्दत गर्नेछ’, डा. लक्डावालाले मिड डे डट कमसित भने ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment