Comments Add Comment

‘हेरी तिम्रो नजरमा’ गीतको भिडियो रिलिज, केकीको यस्तो प्रेम


प्रेम दिवसको अवसर पारेर प्रेमले भरिएका गीतहरु सार्वजनिक भैरहेका छन् । यसैक्रममा, नायिका केकी अधिकारीले मोडलिङ गरेको ‘हेरी तिम्रो नजरमा’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।

गायिका बसन्ता प्रकृतिको ‘मनमा’ एल्बममा समावेश यो गीतको भिडियोमा केकीले नृत्य पनि प्रस्तुत गरेकी छिन् । दीपक कोडिन्याको शब्द तथा चण्डिप्रसाद काफ्लेको संगीत रहेको यो गीतको भिडियोमा केकीलाई मोडल निकित बिकेले साथ दिएका छन् । भ्यालेन्टाइनको उपहार स्वरुप आफूले यो गीत सार्वजनिक गरेको गायिका बसन्ताको भनाई छ ।

अर्जुन अधिकारीले निर्देशन गरेको भिडियोमा सुरेन बस्यालको कोरियोग्राफी, राजन इशानको एरेन्ज, हरि हुमागाँइको छायांकन, निशान घिमिरेको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment