+
+

नेपाल-भारत सीमा २५ घण्टाका लागि बन्द

दीपक उपाध्याय दीपक उपाध्याय
२०७३ फागुन ३ गते १८:२७

३ फागुन, कैलाली । भारतको उत्तरप्रदेशमा हुन लागेको विधानसभाको चुनावका क्रममा अवान्छित गतिविधि नियन्त्रणका लागी उत्तरप्रदेशसंग सीमा जोडिएका नेपाली सीमानाकाहरु शील गरिएका छन् ।

कैलालीको धनगढीस्थित मुख्यनाका गौरीफंटा, टीकापुरको खक्रौला, भजनीको तिकुनिया लगायतका नाकाहरु मंगलबार साँझ ५ बजेदेखि बुधबार साँझ ६ बजेसम्मका लागि शील गरिएका छन् ।

सीमा शील गर्ने सूचना समयमै नपाउँदा भारत जान हिडेका मजदूरहरु समस्यामा परेका छन् । भारतको नयाँ दिल्ली जान अछामको विनायकबाट धनगढी स्थित गौरीफंटा नाका पुगेका हरिलाल कुँवरले नाका शील गरिएको बारे कुनै जानकारी नपाएको बताए । उनले कुनै मिडिया अथवा साथीहरुले समेत नाकाबन्द भएको बारे नबताएको गुनासो गरे ।

कुँवर जस्तै थुप्रै युवाहरु भारत जानका लागि गौरीफांटा नाका पुगेका थिए तर उनीहरुलाई नाका शील गरिएको भन्दै भारतीय सीमा सुरक्षाबलका जवानहरुले फर्काइदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?