+
+

स्ववियु चुनावबारे बालुवाटारमा बैठक, ओली र देउवासमेत सहभागी

फागुन १४ मा स्ववियु निर्वाचन नहुने लगभग पक्का

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ४ गते १०:४५
फाइल तस्वीर

४ फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रेस चौतारीले आयोजना गरेको पूर्वनिर्धारित कार्यक्रममा सहभागी नभई बुधबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारतिर लागे । बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत निम्त्याइएका थिए । र, छलफल थियो निर्वाचनको ।

बालुवाटारमा चुनावबारे छलफल गर्नुपर्ने भएकाले ओली र देउवा भेला भएका हुन् । तर, त्यो चुनाव स्थानीय, प्रदेश वा देशको नभएर विद्यार्थीहरुको हो । प्रधानमन्त्री प्रचण्डले स्ववियु निर्वाचनको मिति सार्नेबारे प्रमुख तीन दलका शीर्षनेतासहित ती दलका विद्यार्थी नेता एवं त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बुधबार बिहानै बालुवाटारमा बोलाएका हुन् ।

स्रोतका अनुसार कलेजहरुमा तालाबन्दी गरेको विप्लव माओवादीले थबाङको महाधिवशेनपछि चुनाव गरिए आफूले भाग लिने जनाउ दिएपछि शीर्ष नेताहरु चुनाव सार्न बालुवाटारमा भेला भएका हुन् । स्ववियु निर्वाचन अवरुद्ध पार्न विप्लव माओवादीको विद्यार्थी संगठनले विभिन्न ठाउँमा तालाबन्दी गरेको र त्यसलाई केही ठाउँमा नेविसंघ र एमालेनिकट अखिलले समेत सघाएको सरकारी पक्षको बुझाइ छ ।

आफू फागुन १४ मै चुनाव गर्नुपर्ने पक्षमा रहेको प्रधानमन्त्रीले बताउँदै आएका छन्, तर विप्लव माओवादीका कारण चुनाव सार्नुपर्ने भएको उनको निश्कर्ष छ । यस्तो अवस्थामा स्ववियु निर्वाचनको अर्को मिति तोक्नेबारे छलफल गर्न प्रमुख दलका शीर्ष नेता, विद्यार्थी नेता र त्रिविका पदाधिकारीहरुलाई बोलाएको प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए ।

तर, बैठकले तोकिएकै मितिमा चुनाव गर्ने सहमति गरेको छ ।

(अपडेट गरिएकाे)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?