Comments Add Comment

२७ वाणिज्य बैंकले कमाए २० अर्ब नाफा, कुन कुनको अर्ब माथी ? (सुचीसहित)


४ फागुन, काठमाडौं । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये पुससम्मको वित्तीय विवरण प्रकाशित गरेका २७ वाणिज्य बैंकको खुद नाफा गत वर्षको पुसको तुलनामा ४६ प्रतिशतले बढेको छ । गत वर्ष १४ अर्ब १८ करोड खुद नाफा कमाएका बैंकहरुले यस वर्ष पुससम्ममा २० अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेका छन् । एनसीसी बैंकले भने वित्तीय विवरण प्रकाशित गरेको छैन् ।

प्रतिशतको अधारमा खुद नाफामा सबैभन्दा धेरै वृद्धि प्रभु बैंकले गरेको छ भने रकमको आधारमा भने नेपाल बैंक सबैभन्दा अग्रस्थानमा छ । पुससम्ममा बैंकहरुमा कर्जा लगानी योग्य पुँजी अभावको समस्या देखिइनसकेकोले बैंकहरुले अहिले खेपिरेको यो समस्याको प्रभाव चैतमा प्रकाशित हुने वित्तीय विवरणमा पर्ने सम्भावना रहेको छ । यद्यपी तेस्रो त्रैमाश (माघ देखि चैत) को दोस्रो र अन्तिम महिनामा यो समस्याको अवस्था कस्तो हुनेछ भन्नेबाट मात्र प्रभाव पर्ने नपर्ने यकिन हुनसक्छ ।

व्यवसायबाटै हुने सञ्चालन नाफा ४८ प्रतिशत वृद्धि


कुल बैंकहरुको सञ्चालन नाफा पनि ४८ प्रतिशतले बढेर ३१ अर्ब रुपैयाँ नाघेको छ । नबिल बैंकको सञ्चालन नाफा सबैभन्दा धेरै रहेको छ । प्रभु बैंकको यस अघि राखेको जोखिम वापतको रकम फिर्ता गरेपछि खुद नाफा बढेको देखिएपनि नियमितबाट भएको कमाइको आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ ।
बैंकहरुको व्यवसायबाट हुने आम्दानीको रुपमा रहने खुद व्याज आम्दानी करिब ४० प्रतिशतले बढेर ३७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । बैंकहरुको कर्जा लगानी ३६.८९ प्रतिशतले बढेर १५ खर्ब ३३ अर्ब पुगेको हो । यता, निक्षेप संकलनमा भने २४ प्रतिशत वृद्धि गरेर १८ खर्ब ५७ अर्ब पुर्याएका छन् ।

बैंकहरुले फि, कमिशनबाट, अन्य आम्दानीबाट र विदेशी मुद्राबाट कुल ११ अर्ब ३४ करोड कमाएका छन् । फि, कमिशनबाट ३ अर्ब ९७ करोड, अन्य आम्दानीबाट ४ अर्ब ४२ करोड र विदेशी मुद्राबाट २ अर्ब ९४ करोड रुपैयाँ कमाएका हुन् । यी अन्य स्रोतहरुबाट भएको आम्दानी मुख्य व्यवसायको आम्दानी मानिने व्याज आम्दानीको ३० प्रतिशत बराबर रहेको छ ।

सिभिल र जनताको खराब कर्जामा दोब्बर वृद्धि

बैंकहरुको खराब कर्जा औसतमा घटेको देखिएपनि केही बैंकको भने बढेको छ । समग्र क्षेत्रको औसतमा कुल कर्जामा खराब कर्जाको दर १.५३ भएपनि ८ बैंकको यो दर औसतभन्दा उच्च छ । ८ बैंकमध्येपनि सिभिल बैंक र जनता बैंकको यो दर दोब्बरले वृद्धि भएको देखिन्छ । बैंकहरुको सेयरमा प्रतिफल रिर्टन अन इक्विटी ५ देखि ५५ प्रतिशतसम्म रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment