Comments Add Comment

सोमरस पिउँदै योगा, दुनियाकै पहिलो बियर योगा

आधुनिक जिवनशैलीका कारण मानिसहरुमा मोटोपना बढिरहेको छ र मानिसहरुले जिउको बोसो घटाउन विभिन्न उपायको सहरा लिने गरेका छन् । कोही घण्टौँसम्म जिमखानामा पसिना बगाउँछन् त कोही योगाको सहारा लिन्छन् ।

दुनियामा अनेक प्रकारका योगाभ्यास प्रचलनमा छन् । योगा गर्ने योगीहरु सात्विक भोजनलाई प्राथमिकता दिन्छन् र मदिरा जस्तो तामसी भोजन गर्न नहुने तर्क गर्छन् । तर जर्मनीमा प्रचलित योगा भने नितान्त फरक छ । त्यहाँ रक्सी पिउँदै योगा गर्ने अनौठो बियर योगा प्रचलनमा छ ।

जर्मनहरु बियर पिउँदै पिउँदै योगा गर्छन् । बियर पिउनकै लागि पनि कतिपय मानिसहरु योगशालामा आउने गर्दछन् । योगा सुरु गर्नुअघि थोरै बियर पिइन्छ जसका कारण मानिसहरुलाई मनको शान्ति प्राप्त हुन्छ । योगा भैरहँदा पनि बीचबीचमा अलिकति स्वाट्ट पारिन्छ ।

बियर योगाका लागि एउटा वेबसाइट पनि रहेको छ । जर्मनीबाट सुरु भएको बियर योगा अमेरिका र अस्ट्रेलियामा समेत लोकपि्रय बनिरहेको छ । बियर पिउँदा सरीरको वजन बढ्ने मान्यता हुन्छ धेरैको तर बियर योगाले पनि जिउको वजन ह्वात्तै घटाउने अनुभव छ बियर योगा लिएकाहरुको । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment