Comments Add Comment

वन संवर्द्धन कार्यशाला गोष्ठी हुने

६ फागुन, काठमाडौं। वनको दिगो व्यवस्थापनलाई प्रभावकारी बनाउ नेपालमा पहिलोपटक ‘राष्ट्रिय वन संवर्द्धन कार्यशाला गोष्ठी’ हुने भएको छ ।

वन विभागले वनसँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा ‘दिगो वन व्यवस्थापनका लागि वन संवर्द्धन’ भन्ने नाराका साथ सो गोष्ठी गर्न लागेको जनाएको हो ।

गोष्ठीमा हालसम्म वन संवद्र्धन प्रणालीमा आधारित व्यवस्थापनमा भएका अभ्यास तथा सिकाइलाई अभिलेखीकरण गरी विश्लेषण गर्ने, दिगो वन व्यवस्थापनमा देखिएका जोखिमी र चुनौती न्यूनीकरणका उपायबारे सरोकारवालासँग छलफल गरी कार्यदिशा निर्माण गरिने महानिर्देशक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

गोष्ठीमा वृक्षरोपण क्षेत्र, वन संवर्द्धन प्रणाली वन व्यवस्थापनमा आधारित पद्धतिअनुसारको वन संवर्द्धन प्रणाली र तराईका जिल्लामा सञ्चालित वैज्ञानिक वन व्यवस्थापनका सिकाइ र अनुवांशिक स्रोत तथा वृक्ष सुधारका बारेमा बृहत छलफल हुने बताइएको छ ।

यही फागुन ८ देखि १० गतेसम्म हुने गोष्ठीमा स्वदेश र विदेशबाट ५१ प्रस्तुति र १९ पोस्टर आइसकेको आयोजक समितिले जनाएको छ । गोष्ठीमा वनसँग सम्बन्धित १० विदेशी तथा १५० स्वदेशी विज्ञको सहभागिता रहने उपमहानिर्देशक हेमलाल अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment