Comments Add Comment

सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार महोत्सव सुरु


७ फागुन,कञ्चनपुर। स्थानीय तथा राष्ट्रियस्तरका वस्तु तथा सेवाको विस्तारसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सदरमुकाम भीमदत्तनगरको खुला मञ्चमा शुक्रबारदेखि सुदूरपश्चिमाञ्च औद्योगिक व्यापार तथा कञ्चनपुर पर्यटन महोत्सव २०७३ सुुरु भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको महोत्सवको सांसद बहादुरसिंह थापाले उद्घाटन गर्दै पर्यटन व्यवसायलाई अगाडि बढाइएमा यहाँका युवाहरुले रोजगार पाउने भएकाले पर्यटन प्रर्वद्धनका लागि अगाडि सर्नुपर्ने बताए ।

यही फागुन १५ गतेसम्म आयोजना हुने महोत्सवले स्थानीय उद्योग प्रवद्र्धन गर्न सघाउ पु¥याउने, सूचना तथा प्रविधिबारे जानकारी गराउने, कृषि व्यवसायलाई टेवा पुर्याउने, पर्यटन– शिक्षा– स्वास्थ्य क्षेत्रमा खोजीको अवसर सिर्जना गर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश रावलले बताए ।

“सुदूरपश्चिम क्षेत्रमा लगानीका सम्भावित क्षेत्रको पहिचान गर्ने र त्यस्ता क्षेत्रमा लगानी गर्न निजी तथा सरकारी निकायको ध्यानाकर्षण गराउने महोत्सवको उद्देश्य छ” उनले भने।

महोत्सवमा हस्तकला, घरेलु उद्योग, कृषि औजार, मौलिक परिकार, सांस्कृतिक पहिचान झल्कने र व्यापारिक वस्तु, जडिबुटी, पस्मिना, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स, ऊर्जा, सूचना प्रविधि लगायत एक सय ७५ कक्ष छन् ।

महोत्सवमा सुदूरपश्चिमका देउडा, हुड्केली र छलियासँगै राना थारु समुदायको संस्कृति झल्किने गीत र नृत्य समेत प्रस्तुत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment