Comments Add Comment

संसद बैठकः संविधान संशोधन विधेयक अघि बढाइने

१२ फागुन, काठमाडौं । व्यवस्थापिका संसदमा आजबाट संविधान संशोधन विधेयक अघि बढाइने भएको छ । संसदको बैठक दिउँसो २ बजे बोलाइएको छ र, आजको बैठकमा संशोधन प्रक्रिया अघि बढाइनेछ ।

संशोधनको अन्तरवस्तुको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि प्रक्रिया अघि बढ्न दिने संकेत दिएको छ । सरकारले स्थानीय चुनावको मिति घोषणा गरेपछि एमाले केही लचिलो भएको छ । तर, उसले संशोधन फेल गराइछाड्ने बताएको छ ।

यसअघि एमालेसहित ९ दलको विरोधका बीच संविधान संशोधन विधेयक टेबल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment