Comments Add Comment

संसदमा संशोधन विधेयक पेश भए विरोध गर्ने ९ दलको निर्णय

फाइल तस्वीर

११ फागुन, काठमाडौं । नौ राजनीतिक दलहरुले संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश भए अवरोध गर्ने निर्णय गरेका छन् ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संशोधन प्रस्ताव पेश भए उभिएर विरोध गर्ने बताए ।

व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधन विधेयक अघि बढाउने तयारी सरकारले गरेको छ ।

त्यसअघि रणनीति बनाउन प्रमुख विपक्षी दल नेकपा एमालेसहित नौ दलको संयुक्त बैठक बसेको थियो । बैठकले संशोधन विधेयकलाई अघि बढाउन नदिने निर्णय गरेको छ ।

यसअघि एमालेसहित ९ दलको विरोधका बीच संविधान संशोधन विधेयक टेबल भएको थियो ।

सरकारले स्थानीय चुनावको मिति घोषणा गरेपछि एमालेसहित विपक्षी दलहरु केही लचिलो देखिए पनि संशोधन विधेयक भने फेल गराइछाड्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment