Comments Add Comment

मधेसी मोर्चाका कार्यकर्ताबाट पत्रकार महासंघका पूर्वकोषाध्यक्षसहित दुई पत्रकार कुटिए

शितल साह र सुरेश यादव

११ फागुन, जनकपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरमा दुई सञ्चारकर्मीमाथि कुटपिट गरेका छन् ।

रघुविर महासेठको घर घेराउको क्रममा समाचार संकलनको लागि गएका नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय कोषाध्यक्ष शितल साह र पत्रकार सुरेश यादवलाई मधेसी मोर्चाका कार्यकर्ताले कुटपिट गरेका हुन् ।

साहको टाउकोमा चोट लागेको छ र, जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

एमाले कार्यकर्ताको कुटाईबाट समेत दुईजना आन्दोलनकारी घाइते भएका छन् । उनीहरुको पनि अञ्चल अस्पतालमै उपचार भइरहेको छ ।

स्थानीय तह चुनाव घोषणाविरुद्ध मधेस बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताले ब्रहृमपुरी क्षेत्रमा मोटरसाइकल र्‍याली निकाल्न खोजेका थिए, जहाँ एमाले नेता रघुवीर महासेठको घर छ र, एमाले उपाध्यक्ष बामदेव गौतम त्यही बसेका थिए । जसका कारण उक्त क्षेत्र तनावग्रस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment