+
+

सेन्ट्रल फाईनान्स र भक्तपुर फाईनान्सलाई मर्जर अन्तिम स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ११ गते ८:३५


११ फागुन, काठमाडौं । सेन्ट्रल फाईनान्स र भक्तपुर फाईनान्सलाई एक आपसमा गाभ्न र गाभिन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।

सेन्ट्रल फाईनान्सको चूक्ता पूँजी रु. ३० करोड २२ लाख र भक्तपुर फाईनान्सको चूक्ता पूँजी रु. २१ करोड ८३ लाख रहेको छ । दूबै संस्था मर्ज पश्चात् चूक्ता पूँजी रु. ५२ करोड ६ लाख हुनेछ ।

त्यसै गरि निक्षेप रु.२ अर्ब ३६ करोड र कर्जा लगानी रु.२ अर्ब २३ करोड हुनेछ ।  मर्ज पश्चात् “ग” वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्था रहने र संस्थाको नाम सेन्ट्रल फाईनान्स नै रहने छ । कम्पनीको केन्द्रिय कार्यालय कुपनडोल ललितपूरमा रहनेछ । काठमाडौंको चावहिल, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल तथा भक्तपूरको च्यामासिंहमा शाखा कार्यालय रहेनछ ।
नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको “ग” वर्गको वित्तीय संस्थालाई तोकेको न्युनतम चूक्ता पुँजी रु. ८० करोड पूर्याउँन मर्जपछि संस्थाले हकप्रद तथा बोनश सेयर जारी गर्ने भएको छ ।  कम्पनीले प्रकृया पूरा गरि छिटै संयूक्त कारोबार गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?