Comments Add Comment

राजधानीका कुन क्याम्पसमा कति मतदाता ?

शंकरदेवमा सबैभन्दा बढी, ललितकलामा सबैभन्दा कम

१३ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि कुन क्याम्पसमा कति मतदाता छन् भन्ने विवरण आजको नयाँपत्रिका दैनिकले प्रकाशित गरेको छ ।

हालसम्म नामावली प्रकाशित भएका राजधानीका क्याम्पसमध्ये शंकरदेवमा सबैभन्दा धेरै मतदाता रहेको देखाइएको छ ।

शंकरदेवमा कुल ८ हजार २ सय ७ जनाको अन्तिम नामावली प्रकाशित भएको समाचारमा उल्लेख छ । नामावली प्रकाशित भएका राजधानीका क्याम्पसमध्ये ललितकलामा सबैभन्दा थोरै अर्थात् १४५ जनामात्रै मतदाता छन् ।

तालाबन्दी र विवादका कारण त्रिचन्द्र क्याम्पस र मीनभवनस्थित नेपाल कमर्श क्याम्पसको मतदाता नामावली प्रकाशन हुन सकेको छैन । त्यसैगरी अमृत साइन्स क्याम्पसले पनि मतदाता नामावली प्रकाशित नगरेको नयाँपत्रिकामा खबर छ ।

उता पशुपति क्याम्पसमा भने ११ र १२ कक्षा पढ्ने विद्यार्थीलाई पनि मतदाता सूचीमा राखिनुपर्ने नयाँ माग गर्दै असन्तुष्ट विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । तर, त्यहाँ नामावली भने प्रकाशित भइसकेको छ ।

नयाँ पत्रिकाले राजधानीका मुख्य क्याम्पसहरुको मतदाता संख्या यस्तो उल्लेख गरेको छः

त्रिवि केन्द्रीय क्याम्पस- ३६९९
महेन्द्ररत्न क्याम्पस-२०९५
पुल्चोक इञ्जिनियरिङ-२०८३
पाटन संयुक्त क्याम्पस-४७५८
थापाथली इञ्जिनियरिङ-१०९५
विश्वभाषा क्याम्पस-१८००
रत्नराज्य क्याम्पस-३५८१
शंकरदेव क्याम्पस-८२०७
पद्मकन्या क्याम्पस-३४३४
सरस्वती क्याम्पस-५३०
नेपाल ल क्याम्पस- ४४००
नर्सिङ क्याम्पस- २८१
त्रिवि चिकित्सा क्याम्पस-२०३५
ललितकला क्याम्पस-१४५
भक्तपुर बहुमुखी क्याम्पस- १६५६
सानोठिमी शिक्षा क्याम्पस- १६४७
पब्लिक युथ क्याम्पस-२८९५

पशुपति क्याम्पस ४१७३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment