+
+

अर्घाखाँचीको पाणिनि क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १६ गते ११:२९

१६ फागुन, अर्घाखाँची । त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त अर्घाखाँचीको पाणिनि बहुमुखी क्याम्पसको स्ववियु चुनावमा अखिल क्रान्तिकारी नेतृत्वको प्यानल विजयी भएको छ ।

लक्ष्मण खड्का

गएराती सम्पन्न मतगणनाको नतिजा अनुसार सभापतिमा अखिल क्रान्तिकारीका लक्ष्मण खड्का विजयी भएका हुन् ।

पाणिनि क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानल चुनावी मैदानमा थियो । यसैगरी अनेरास्ववियु र अखिल छैठौं संयुक्त प्यानल बनाएर प्रतिस्पर्धामा थिए ।

अखिल क्रान्तिकारीका लक्ष्मण खड्का २६६ मतसहित स्ववियु सभापतिमा निर्वाचित भए । खड्काका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका बसन्त श्रेष्ठले १९६ मत प्राप्त गरे ।

खड्का नेतृत्वको प्यानलबाट नेविसंघका वर्जना खनाल र घनश्याम पौडेल क्रमशः सचिव र कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

पाणिनि क्याम्पसमा कुल ६३२ मतदाता रहेकोमा ४६९ मत खसेको थियोे ।

यसअघि अखिल क्रान्तिकारीले विभिन्न १३ वटा क्याम्पसमा स्ववियु अध्यक्ष जितिसकेको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?