Comments Add Comment

नेपाली सेनाका प्रवक्ता कार्कीलाई मानार्थ उपरथीको दर्जा

तारा बहादुर कार्कीलाई मानार्थ उपरथीको दर्ज्यानी चिह्न प्रदान गर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्री । तस्वीर सौजन्य: नेपाली सेना

१६ फागुन, काठमाडौं । नेपाली सेनाका सूचना अधिकारी एवं प्रवक्ता सहायक रथी तारा बहादुर कार्कीले मानार्थ उपरथीको दर्जा पाएका छन् । प्रधान सेनापति राजेन्द्र क्षत्रीले कार्कीलाई सोमबार मानार्थ उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सैनिक सेवा नियमावली २०६९ मा व्यवस्था भए अनुसार नेपाली सेनाका साधारण तर्फका सहायक रथी कार्कीको कार्यदक्षता एवं उनले संस्थाप्रति पुर्‍याएको विशेष योगदानको आधारमा सिफारिस भए अनुसार मन्त्रिपरिषदको निर्णय बमोजिम मानार्थ उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

जंगी अड्डामा आयोजित विशेष समारोहमा महासेनानी (पाइलट) कुमार रायमाझीलाई पनि प्रधानसेनापति क्षेत्रीले सहायक रथी (पाईलट) दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment