+
+

३० बर्षमा प्रियंका, भन्छिन्-‘बिहे भएपनि ठिकै छ, नभए पनि गुनासो छैन’

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १६ गते १७:३७


नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका प्रियंका कार्की आजबाट ३० बर्षमा प्रवेश गरेकी छिन् । नेपाली चलचित्र क्षेत्रमा लागेको छोटो समयमा नै नम्बर १ नायिकाको स्थान बनाएकी कार्की आज आफ्नो जन्मदिन सामान्य तरिकाले मनाउँदै छिन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्-‘खासै त्यस्तो केहि पनि गरिनँ । परिवारसँग डिनरमा छु ।’ उनले कुनै पनि कुरा सोच्न या पुरा गर्नका लागि आफूले जन्मदिन नै कुरेर नबस्ने बताइन् । उनले भनिन्-‘तर, ३० बर्ष लागेपछि भने केहि फरक हुँदोरहेछ । अब, भने केहि ठूली भएकीँ भन्ने लागेको छ ।’

उनले, आफूमा इनर्जी उस्तै रहेको भन्दै भनिन्-‘उही जोश र उमंगका साथ काम गर्ने नै मेरो एउटै मात्र योजना हो ।’ नायिका कार्कीले आफूलाई अहिले पनि बच्चा जस्तै लाग्ने बताइन् । अब, बिहे गर्ने कुनै सोच आयो कि छैन भन्ने प्रश्नमा भनिन्-‘त्यो मैले कुनै प्लान गरेकी छैन र गर्दिनँ पनि । भै हाल्यो भनेपनि ठिकै छ । भएन भनेपनि मलाई जीवनसँग कुनै गुनासो छैन ।’

पि्रयंकालाई हाम्रो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?