+
+

पाँचथरमा चार झोलुङ्गे र तीन ट्रसपुल बन्ने

रासस रासस
२०७३ फागुन १८ गते १०:५१


१८ फागुन, पाँचथर । पाँचथरमा यस वर्ष चार झोलुङ्गे र तीनवटा ट्रस पुल बन्ने भएका छन् । जिविसका इन्जिनियर प्रेम काफ्लेका अनुसार चिगरुप, सिस्ने, कान्दाङ, नाम्धु दोबान, झोलुङ्गे पुल, डडुवा, बाँसबोटे र धुवाँबजार ट्रसपुल गरेर सातवटा पुल बन्नेछन् ।

यसअन्तर्गत दुरदिम्बा–२ र लिम्बा–४ जोड्ने चिगरुप झोलुङ्गे पुल बनिने भएको छ जसका लागि रु ३० लाख ४२ हजार विनियोजन भएको छ ।

यस्तै, लिम्बा–९ र लिम्बा–७ जोडिने सिस्ने झोलुङ्गे पुलका लागि रु २८ लाख ९६ हजार, च्याङथापु–४ र च्याङथापु–५ जोडिने कान्दाङ पुलका लागि रु २७ लाख २४ हजार विनियोजन गरिएको छ ।

त्यसैगरी, थर्पु–२ र ताप्लेजुङ साब्लाखु–३ जोड्ने डडुवा ट्रस पुलका लागि  ३३ लाख ९८ हजार, सराङडाँडा–६ र माङजाबुङ–६ बस्ने धुवाबजार ट्रसका लागि २३ लाख ३२ हजार र इम्बुङ–६ तथा नवमीडाँडा–२ जोडिने बाँसबोटे ट्रस पुलका लागि  २३ लाख ४९ हजार विनियोजन गरिएको इन्जिनियर काफ्लेले बताए ।

अहिलेसम्म सबै पुलको अवस्था हेर्दा ५० प्रतिशत काम सकिएको र सम्झौता अवधि यही आव २०७३÷७४ भित्रैमा सकिने उहाँको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?