+
+

माटो ढिस्कोले पुरिँदा कालिकोटमा एकको मृत्यु, ७ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १८ गते १७:३२

१८ फागुन, कालिकोट । जिल्ला सदरमुकाम नजिकैको ताडीमा माटोको ढिस्कोले पुरिँदा ताडी गाउँका १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

अस्पतालमा उपचाररत घाइते र तिनीहरुका आफन्त

डोजरले घर बनाउन जग खन्दै गरेको बेला एकै गाउँका सात जना महिलाहरु घर पोत्ने माटो निकाल्न गएका बेला ढिस्कोमा पुरिएको प्रत्यक्षदर्शी नन्दकेश अधिकारीले बताए ।

माटोको ढिस्को खस्दा मान्म ताडी-८ की २८ वर्षीया सिता पाण्डेको मृत्यु भएको छ । यसैगरी वडा नम्बर ८ की १८ वर्षीया बिन्दु पाण्डे, वडा नम्बर ९ की २६ वर्षीया कलहरी पाण्डे, रकु गाबिस वडा नम्बर ९ की १८ वर्षीया अम्बिका देवकोटा, मान्म ताडी ८ की १५ वर्षीया कमला पाण्डे, वडा नम्बर ९ की ६५ वर्षीया बुची पाण्डे, वडा नम्बर ७ की ४० वर्षीया आइती बि.क. र वडा नम्बर ९ की २८ वर्षीया सोनिमा पाण्डे घाइते भएका छन् ।

आइती बि.क., कलहरी पाण्डे र सोनिमा पाण्डेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?