+
+

जो कामूक तस्वीरमा सौन्दर्य देख्दथे

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १९ गते २२:१०

चीनका चर्चित इरोटिक फोटोग्राफर रेन हेंगको ३० वर्षको उमेरमा शंकास्पद रुपमा मृत्यु भएको छ । आफ्नो उत्तेजक फोटोग्राफी तथा कविताहरुका लागि संसारभर चर्चित भएका हेंगका तस्वीरको प्रदर्शनी दुनियाँभरका ग्यालरीहरुमा हुने गथ्र्यो । उनी गुच्ची तथा जिक्यू चाइना जस्ता फेसन म्यागेजिनका लागि पनि फोटोग्राफी गर्दथे ।

उनको मृत्यु गत शनिवार भएको थियो, तर मृत्युको वास्तविक कारण अहिलेसम्म पनि पत्ता लागेको छैन । उनले आत्महत्या गरेको दाबी गरिएको छ ।

 

जर्मन पत्रिका ट्यासचेनका सम्पादक डायन ह्यानसनका अनुसार गत अक्टोबरदेखि हेंग डिप्रेसनबाट ग्रस्त थिए । उनी विश्वको राजनीतिक अस्थिरताका बारेमा निकै चिन्तित थिए ।

रेन हेंगको जन्म चीनको उत्तरी पूर्वी प्रान्त जिलिनमा भएको हो । बेइजिंगमा आफ्नो कलेजको पढाइका दौरान उनले फोटोग्राफी सुरु गरे र सुरुमा आफ्ना साथीहरुका फोटो खिच्न सुरु गरे ।

चिनियाँ युवा मोडलहरुका नांगा तथा अनौठो अवस्थामा लिइएका उनका तस्वीरहरुका कारण उनी छिटै चर्चित बने । उनले आफ्ना साथीका मात्र होइन आमाका समेत तस्वीर खिचेर एउटा श्रृंखलामा प्रयोग गरे । सोसल मिडियाको पुस्ता हुनुका कारणले उनले आफ्नो मन तथा कामका कुुराहरु वेबसाइट, फेसबुक तथा इन्स्टाग्राममा शेयर गर्थे । सोशल मिडियामा उनलाई फलो गर्नेको संख्या लाखौँ थियो ।

ब्रिटिस जर्नल अफ फोटोग्राफीसँग उनले एकपटक भनेका थिएः मानिसहरुले चिनियाँहरुलाई केवल रोबोट ठानून् भन्ने मैले चाहन्न । चिनियाहरुसँग पनि यौनांग छ तर त्यसलाई उनीहरु गुप्त रहस्यको रुपमा राख्दछन् ।

उनका उत्तेजक फोटोग्राफीलाई लिएर चिनिया सरकारी अधिकारीहरु भने सधै कडा रुपमा प्रस्तुत हुने गरेका छन् । चीनमा पोनोग्राफी गैरकानूनी छ र त्यहाँका कलाकारहरुले सेन्सरसीपको सामना गर्नुपर्दछ ।

सोही कारण उनी कैयौँ पटक गिरफ्तारीमा परे । उनका तस्वीरहरु जफत गरियो । तर आफ्ना फोटोग्राफीको कुनै राजनीतिक सन्देश नरहेको उनले पटक पटक प्र्रष्टिकरण दिइरहे ।

डिजिटल म्यागेजिन डेजेडसँगको अन्तरवार्ताका क्रममा उनले भनेका थिएः मेरा तस्वीरसँग चीनको राजनीतिको लनुदिनु केही छैन । चीनको राजनीतिक व्यवस्थाले नै मेरो कलामा दखल पूराइरहेको छैन ।

फोटोग्राफीसँगै रेन हेन्गले आफ्नो सोसल मिडिया अकाउन्टमा उत्तेजक कविताहरु पनि लेख्दथे ।

मात्र ३० वर्षको उमेरमा विश्वभर गरी २० वटा एकल तथा ७० वटा सामूहिक कला प्रदर्शनीको आयोजना भए । उनले आफ्ना कामका बारेमा कैयौँ मोनोग्राफी पनि लेखेका छन् ।

जुन समयमा उनको मृत्युको खबर आएको त यहीँ बेला उनको नयाँ किताब बाहिर आएको छ र एम्सटर्डम ग्यालरीमा उनको फोटोग्राफीको एक प्रदर्शनी चलिरहेको छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?