+
+

२४ वर्षकी यी महिला: जो ३ वर्षकी बच्चीजस्तै देखिन्छिन् (फाेटोफिचर सहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २० गते १०:५५

उमेर २४ वर्षको लक्का जवान भैसकेको छ । तर उनको शरीर भने केवल ३ वर्षको बच्चाको जस्तै छ । रेजिता अरियन्ती नामकी युवतीको उमेर परिपक्व भैसक्दा समेत शारीरिक र मानसिक विकास ठप्प छ र केवल ३ वर्षको बच्चाको जत्तिकै विकसित भएको छ ।

इण्डोेनेसियाको डिडी जया जिल्लाको एक गाउँमा बस्ने रेजिताको तौल पनि केवल २० किलो मात्र रहेको छ र जिउको लम्बाइ केवल ८७ सेमी । उनी केही बोल्न सक्दिनन्, तर उनका कुरा उनकी आमाले भने बुुझ्न सक्छिन् । उनी हिँडडुल गर्न पनि सक्दिनन् ।

उनलाई देख्ने कसैले पनि उनी २४ वर्षकी भइन् भनेर पत्याउँदैन र उनलाई ३ वर्षको बच्चा ठान्दछ ।

रेजिताका आमाबुवालाई उनी जन्मेको २ वर्षसम्म त छोरी असामान्य रहेको कुरा पत्तो भएन । जब थाहा भयो, त्यतिबेलासम्म धेरै ढिलो भैसकेको थियो ।
अनौठो त के भने देख्दा ३ वर्षकी बच्चीजस्तै रहेकी रेजिताको शरीरका बाहिरी अंगहरुको विकास नभएपनि उनी परिपक्व युवती झैँ हरेक महिना नियमित रुपमा रजस्वला हुन्छिन् ।

अझ नक्कली युवतीलाई झैँ सिंगारपटार गर्न तथा नङपालिस र लाली लगाउन उनलाई खुुबै मन पर्दछ । अर्को रोचक कुरा त के भने उनले हरेक ६ हप्तामा जिउको छालाको काँचुली फेर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?