+
+

गुुगलले बनायो कमालको रोबोट, वैज्ञानिकले समेत जिल खाए

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २० गते ११:१९

गुुगलको मातृ कम्पनी अल्फाबेट अन्तरगत एउटा रोबोटिक्स कम्पनी छ, बोस्टन डाइनामिक्स । यो कम्पनीलाई अनौठा खाले रोबोट बनाउने कम्पनीको रुपमा चिनिन्छ ।

कैयौँ शानदार रोबोट बनाइसकेको यो कम्पनीले हालै यस्तो रोबोट बनाएको छ, जसलाई देखेर हामी सामान्य मानिस त छक्क पर्छौँ नै वैज्ञानिकहरु पनि तिनछक परेका छन् ।

खुुट्टा र पांग्रा दुुबै भएको यो कुँद्ने रोबोटको नाम ह्याण्डल राखिएको छ । कम्पनीका सिइओ मार्क रेबर्टले भने यसलाई nightmare inducing नामाकरण गरेका छन् । जसको अर्थ हुन्छ, यसलाई देखेपछि नराम्रो सपना आउँछ ।

यो रोबोट सबैभन्दा पहिले गत जनवरीमा देखाइएको थियो । भेन्चर क्यापिटालिस्ट स्टीभ जर्वट्सनले यो ट्युुबमा यसको भिडियो अपलोड गरेका थिए ।

कमालको यो रोबोटले दुुई खुुट्टाले जिउलाई सन्तुुलनमा राख्न सक्दछ । खुट्टामा पांग्रा हालिएको छ, जसको मद्धतले यो जोडसँग कुँद्न सक्छ । यसले गोलचक्कर लगाउन सक्छ र उबडखावड जमिनमा पनि हिँड्न सक्दछ । साथै बाटोमा रहेका विभिन्न बाधालाई पहिचान गरेर त्यस्ता बाधा पार गर्नसक्ने क्षमता पनि राख्दछ । अग्लो ठाउँमा चढ्नुु र त्यहाँबाट सुरक्षित रुपमा झर्नु यसको खुुबी हो ।

रोबोट वैज्ञानिकहरु पनि यस्तो रोबोट देखेर अचम्मित छन् । यो निकै प्रभावशाली रोबोट रहेको उनीहरुको भनाई छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?