Comments Add Comment

काठमाडौंदेखि पोखरासम्म ‘पोकर रन’ को तयारी


२१ फागुन, काठमाडौं ।  विगत ८ वर्षदेखि प्रत्येक वर्ष चैत्र मसान्तका दिन नयाँ वर्षको पूर्वसन्ध्यामा काठमान्डाैंदेखि पोखरासम्म पोकर रन प्रतियोगिता हुँदै आएको छ । अहिले आयोजक सेक्रेड सम्मिट्स परिवार नवौं पोकर रनको तयारीमा जुटेको छ।

चैत्र मसान्तका दिन बिहान ७ बजेदेखि सुरु हुने पोकर रन एकप्रकारको मोटर साइकल दौड हो, जसमा तासको बाजी राखिन्छ ।

एक बिशिष्ट व्यक्तिको उदघाटन पश्च्यात पृथ्वी राजमार्ग हुँदै बेलुका करिब ५ बजेतिर पोखरा पुगिन्छ । कार्यक्रमपूर्व नै ट्राफिक प्रहरीसँग अनुमति लिइएको हुन्छ ।

काठमान्डूदेखि पोखराको बीचमा चार ठाउँमा चालकहरुले आफ्नो मोटरसाइकल रोकेर तास छान्नुपर्ने हुन्छ र पोखरा पुग्दा जसका हातमा सबैभन्दा ठूलो तास हुन्छ, उसैले पहिलो पुरस्कार पाउँछ ।

पोखरा को कुनै पाँचतारे होटेलमा सबैलाई बुकिंग गरिएको हुन्छ, त्यस दिन राति नया वर्षको पूर्वसन्ध्या मनाउन डान्स पार्टी हुन्छ । रातिको १२ बजे सबैले नयाँ वर्षको शुभकामना आदान प्रदान गरेपछि आफ्नो आफ्नो कोठामा सुत्न जान्छन्  ।

भोलिपल्ट बिहान मन लाग्नेहरु स्कुलमा चन्दा दिन जान्छन् । मन नलाग्नेहरु पोखरा घुम्न  निस्कन्छन् । पोखराबाट काठमांडू भने आफ्नै सुरले फर्किन्छन् ।

इच्छुक चालकले आफूबाहेक एकजना अरु पनि  व्यक्तिलार्इ मोटरसाइकल पछाडि सवार गरेर लान सक्छन् ।

बिदेशीहरु कच्ची बाटोमा मोटरसाइकल चलाउन निकै सौखिन हुन्छन् | यसैलाई आधार मान्दै स्याक्रेड सम्मिट्सले पोकर रन लगायत नेपालका अरु विभिन्न विकट ठाउँहरुमा पनि मोटरसाइकल टुर गर्दै आएको छ ।

प्रायः मोटरसाइकलप्रेमी चालकहरुमाझ प्रख्यात यस पोकर रन नेपाली मोटरसाइकल चालक र विदेशी मोटरसाइकल चालकहरुको मिलन बिन्दु बनेको छ । यसले पक्कै पनि केही हदसम्म नेपाली चालकहरुलाई विदेशी चलन र अनुशासन सिकाउन मद्दत गर्छ । यतिमात्र नभई पर्यटकहरुलाई नेपालका सडकहरुका बारेमा जानकारी दिन्छ ।

पोकर रन संस्कृति आदान-प्रदानको माध्यम पनि हो। विदेशीले नेपाली अनि नेपालीले बिदेशी संस्कृतिका बारेमा जानकारी हासिल गर्ने माध्यम हो । पैसा कमाउने भन्दा पनि चन्दा उठाएर पोखराको कुनै स्कुललार्इ सहायता गर्ने आयोजकले उद्देश्य रहेको बताएका छन् ।

-बनिता खनालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment