Comments Add Comment

ओलीको उदघोषः एमालेले संविधान मान्छ, अरु जान्दैन

अवरोध गर्नेलाई जवाफ दिँदै अघि बढ्ने

२१ फागुन, काँकडभिट्टा। नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान र कानूनबाहेक अरु कसैका अनुचित आग्रहहरु नमान्ने बताएका छन् । मेची महाकाली अभियानमा कसैले अवरोध गर्न खोजे त्यसलाई हटाउँदै अघि बढ्ने ओलीले चेतावनी दिएका छन् ।

झापाको काँकडभिट्टामा शनिबार आयोजित मेची महाकाली राष्ट्रिय अभियानको उदघाटन गर्दै एमाले अध्यक्ष ओलीले संविधान र कानून मानेर एमाले अघि बढ्ने बताए ।

मधेसी मोर्चाका मागहरुतर्फ लक्षित गर्दै उनले कसैका अनुचित माग र आग्रहलाई स्वीकार नगरिने बताए ।

कार्यकर्ता र समर्थकहरुको निकै ठूलो उपस्थितिमाझ एमाले अध्यक्ष ओलीले राष्ट्रिय झण्डा र पार्टीको झण्डा फहराएर मेची महाकाली अभियानको शुभारम्भ भएको घोषणा गरे ।

मञ्चमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल लगायत सबै शीर्षनेताहरुका माझबाट ओलीले १५ दिने अभियानको उदघाटन गरेका हुन् ।

अभियान उदघाटनका बेला काँकडभिट्टामा एमाले कार्यकर्ताहरु खचाखच देखिएका छन् । अभियानको उदघाटनपछि आजै बिर्तामोड र दमकमा आम सभा गर्ने एमालेको तयारी छ । एमालेका शीर्ष नेताहरुको टोली आज दमकमा बास बस्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment