Comments Add Comment

बोस्टनमा ‘धुर्मुस-सुन्तली अभियान’लाई सहयोग जुटाउने प्रयास

वासिंटन डीसी । अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका समाजसेवीहरूले बर्दिवासमा निर्माणाधीन एकीकृत नमूना मुसहर बस्ती निर्माणका लागि ‘ धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम’ गर्ने भएका छन् ।

मातृभूमिलाई परेको दुखमा ऐक्यबद्धता र आफ्नो क्षमताअनुसार बेलाबेलामा सहयोग गर्दै अएका समाजसेवीहरूले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि ‘ धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम’ गर्ने भएका हुन् ।

‘मानवता र सद्भाव लागि सहकार्य, राष्ट्र निर्माण तपाई हाम्रो अभियान’ भन्ने नारा रहेको कार्यक्रमलाई सफल बनाउन समाजसेवीहरूले बोस्टनबासी नेपालीसँग सम्पर्क र प्रचारप्रसारमा जुटेका छन् ।

केहि दिन अगाडि  एकीकृत नमूना मुसहर बस्तीका लागि अढाई करोड रकम अभाव भएको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताएका थिए ।

पचास घर परिवार मुसहरको लागि गत पुस २५ गतेदेखि सुरू भएको बस्ती निर्माणको अहिलेसम्म ३६ प्रतिशत काम सकिएको छ । आगामी वैशाख १ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेको धुर्मुसले बताएका थिए ।

धुर्मुस -सुन्तलीको अभियानलाई सहयोग गर्ने मुख्य उद्देश्य भएको हुँदा उठेको रकम सबै धुर्मुस सुन्तली फाउन्डेसनमा पठाउने कार्यक्रमको आयोजना गर्ने समूहका सदस्य शिव प्रकाशले बताए ।

सहयोग जुटाउन आयोजना गरिने  रात्रिभोजको प्रायोजन बोस्टनस्थित हिमालयन बिस्ट्रोले गर्ने भएको छ भने भोजन तथा सभाकक्षको लागि हिमालयन बिस्ट्रोले निशुल्क उपलब्ध गराएको शिव प्रकाशले बताए ।

बोस्टनमा कार्यक्रम आयोजना गर्ने समूहले एकीकृत नमूना मुसहर बस्तीका लागि गो फन्ड नामक खाता खोल्ने प्रक्रिया पनि अगाडि बढाएको छ । धुर्मुस -सुन्तली अभियान सहयोग कार्यकम गर्ने समूहमा शिव प्रकाश, सुशील पौडेल, निर्मला शेरचन, राधेश्याम यादव, सुरेश वाग्ले, मबि सिंह, सुन्दर गुरुङ तथा जितेन्द्र श्रेष्ठ(बम्बे मार्केट) रहेका छन् ।

कार्यक्रम आगामी मार्च १९ तारिख बोस्टनमा हुनेछ । साँझ ७ बजेदेखि ९ बजेसम्म रात्रिभोज कोष वृद्धि कार्यक्रम गरिनेछ । कार्यक्रम हिमालयन बिस्ट्रो रेस्टुरेन्टमा हुनेछ ।

आयोजक समूहका शिव प्रकाशले बर्दिवासमा निर्माणाधीन एकीकृत नमूना मुसहर बस्तीका लागि सहयोग गर्न सम्पूर्ण बोस्टनबासीलाई अनुरोध गरेका छन् ।

आयोजक समूहका शिव प्रकाश समाजसेवीसँगै लेखक पनि हुन् l उनका पतिपत्नी नै समाजसेवा सकृय छन् ।  उनले नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक सहयोग गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment