+
+

पोलियो अभियानमा असहयोग गर्ने १८ स्वास्थ्यकर्मी निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २२ गते २०:२५

२२ फागुन, काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोलियो थोपा अभियानमा असहयोग गर्ने १८ स्वास्थ्यकर्मी निलम्बिन गरेको छ ।

 

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. दयाशंकर लालसहित १८ जनालाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७८ (३) बमोजिम र निजामती कर्मचारीको हकमा निजामती सेवा ऐन, २०४९ को दफा ६४ (३) बमोजिम निलम्बन गरिएको छ ।

साथै  विभागीय किन कारबाही नगर्ने भनेर स्पष्टिकरण सोधेको हो । उनीहरूलार्इ ३ दिनभित्र स्पष्टिकरण दिन भनिएको छ ।

हेल्थपोष्ट प्रमुख बनाउनु पर्ने माग गर्दै सिनियर अहेबहरुले स्वास्थ्य संस्थाहरुमा तालाबन्दी गरेको छ ।

र, कतिपय जिल्लाहरुमा पोलिथो थोपा अभियान नै अवरुद्ध पारेका छन् ।

नाम, थर पद कार्यरत कार्यालय
राजकुमार थापा को.चे.अ.पाँचौ जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुर
सुरेन्द्रराज जोशी सि.अ.हे.ब.छैटौ बलरामपुर स्वास्थ्य चौकी, कपिलवस्तु
विष्णुबहादुर क्षेत्री सि.अ.हे.ब.छैटौ मानपुर स्वास्थ्य चौकी, कपिलवस्तु
विरेन्द्र कुमार मिश्र सि.अ.हे.ब.छैटौ बेदौली स्वास्थ्य चौकी कपिलवस्तु
पृथ्वीचन्द्र भगत सि.अ.हे.ब.छैटौ महेन्द्रनगर स्वास्थ्य चौकी, सुनसरी
महेश पोखरेल सि.अ.हे.ब.छैटौ मधेशा स्वास्थ्य चौकी, सुनसरी
अनिल कुमार पाण्डेय सि.अ.हे.ब.छैटौ सिर्सिया स्वास्थ्य चौकी, पर्सा
राजेशप्रसाद रौनियार सि.अ.हे.ब.छैटौ सखुवा प्रसौनी स्वास्थ्य चौकी, पर्सा
शेषराज दाहाल सि.अ.हे.ब.छैटौ सिपाडोल स्वास्थ्य चौकी, भक्तपुर
देवनारायण साहु सि.अ.हे.ब.छैटौ बसन्तपुर स्वास्थ्य चौकी, सुनसरी
छेदीप्रसाद यादव तथ्यांक अधिकृत जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी
नागेन्द्रप्रसाद चौधरी निमित्त प्रमुख जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी
टोपबहादुर थापा सि.अ.हे.ब. धर्मस्थली स्वास्थ्य चौकी, काठमाण्डौ
बासुदेब पोखरेल सि.अ.हे.ब. देबस्थल स्वास्थ्य चौकी, सल्यान
रमेश कार्की सि.अ.हे.ब.छैटौ बैजनाथ स्वास्थ्य चौकी, मोरङ्ग
डा. दयाशंकर लाल कर्ण प्रमुख जिल्ला स्वास्थ्य कार्यालय, सिरहा
सचितानन्द देब निमित्त प्रमुख जिल्ला स्वास्थ्य कार्यालय, धनुषा
संजयकुमार काफ्ले सि.अ.हे.ब.छैटौ स्वास्थ्य चौकी, सिद्राहा, मोरङ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?