+
+

स्थानीय तह पुनर्संरचना आयोगका सदस्य सिंहले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २३ गते १८:४०

२३ फागुन, काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगका सदस्य सुनिल रञ्जन सिंहले राजीनामा दिएका छन् ।

सरकारले आयोगको सिफरिसलाई संशोधन गर्दै स्थानीय तहको संख्या ७४४ बनाउने निर्णय गरेकै भोलिपल्ट सिंहले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।

सरकारले आयोगको सिफारिस समयमै लागू नगरेका कारण विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या र सीमा निर्धारण हुन नसकेको र आयोगलाई पन्छाएर संख्या बढाएको सिंहको आरोप छ ।

स्थानीय विकासमन्त्रीमार्फत प्रधानमन्त्रीसमक्ष बुझाएको राजीनामा पत्रमा सिंहले आयोग कायमै रहँदा रहँदै आयोगलाई पाई सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन लगायतका कार्यले संवैधानिक अधिकारमाथि नै हनन भएको बताएका छन् ।

सरकारले आइतबार मात्र स्थानीय तहको संख्या ७१९ बाट बढाएर ७४४ बनाएको थियो ।

स्थानीय तह पुनर्संरचना गर्न बालानन्द पौडेलको नेतृत्वमा बनेको आयोगको कार्यकाल संविधानमा नै एक वर्ष तोकिएको छ र, यो म्याद फागुन मसान्तसम्म मात्र छ । तर, विशेष, संरक्षित र स्वायत्त क्षेत्र निर्धारण हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?