Comments Add Comment

दरौदीमा ठेकेदारको रजाईं, प्रशासन मौन

२४ फागुन, गोरखा । गोरखाको दरौदी नदी बगरमा ठेकेदारहरुले अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गरिरहादा स्थानीय प्रशासन भने नदेखेको जस्तो गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालयले केही समयअघि मेसिन प्रयोग गरेर दरौदी बगर उत्खनन नगर्न निर्देशन समेत दिएको थियो । तर, अहिले मेसिनको प्रयोग गरी दरौदी बगर उत्खनन भइरहादा प्रशासन मौन छ ।

मेसिनको प्रयोग नगरी गिट्टी, बालुवा उत्खनन गर्ने ठेक्का सम्झौता गरेका ठेकेदारहरुले नियमन निकायलाइ छक्काउदै नियमविपरीत मेसिनको प्रयोग गरेर बगर उत्खनन गरिरहेका छन् । वातावरणीय प्रभाव मूल्याकंनको प्रतिवेदनअनुसार नदी बगरमा जेसिबी, एक्साभेटरजस्ता मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाउने प्रावधान छ ।

मसानेपाटी र सुन्दुरखोला नजिकैको दरौादी नदीबाट दैनिक १० भन्दा वढी जेसिविले ढुङ्गा, गिट्टी झिक्ने काम भइरहेको स्थानीयहरुले बताएका छन् । सो क्षेत्रमा ३० भन्दा वढी ट्याक्टर र टि्रपर जेसिविले उत्खनन गरेको ढुङ्गागिटी बालुवा बोक्ने गर्दछन् ।

वातावरणीय प्रभाव मुल्याङकनको प्रतिवेदनअनुसार नदी बगेको दायाावायाा पााच मिटर छाडेर गिट्टी बालुवा निकाल्न नपाइने गरी सम्झौता भएको छ । तर नदी बगेको करिव दुई/तिन मिटर आसपासमा नै बगर उत्खनन भइरहेको छ ।

मेसिन प्रयोग नगरी बगर उत्खनन गर्ने गरी चालू आर्थिक वर्षमा दरौदीको बिभिन्न स्थानमा ठेक्का सम्झौता भएको हो । मुच्चोक-१ झ्याल्ला, मुच्चोक-२ चनौटे, मसानेपाटी घाट, वाहुनदह, रामघाट, नयाासाघु, १० किलो घाट र अजिंगरे फाटमा गिटी वालुवा उत्खनन गर्ने गरी टेण्डर सम्झौता भएको छ ।

मुच्चोक-१ झ्याल्ला र मुच्चोक-२ चनौटेमा ४३ हजार ६ सय ४१.३६ क्यू फिटका लागि दुई लाख ६२ हजार, रामशाह नयासााघुमा चार लाख ९६ हजार १ सय २५ क्यू फिटका लागि १७ लाख ८६ हजार पााच सय, मसानेपाटी घाट र वाहुनदहमा दुई लाख ९७ हजार ९ सय ६७.६ क्यू फिटका लागि करिब नौ लाख रुपैयााको टेण्डर परेको थियो ।

त्यस्तै दश किलो घाटमा तीन लाख ८३ हजार ६ सय ७० क्यूफिटको लागि १७ लाख २६ हजार पााच सय र अजिङ्गरे फााटमा दुई लाख २७ हजार ६ सय क्यू फिटका लागि नौ लाख ११ हजारको टेण्डर परेको हो ।

वातावरणीय प्रभाव मूल्याङकनको प्रतिवेदनअनुसार मेसिन लगाउन नपाउने शर्तमा ठेक्का सम्झौता भएको जिल्ला बिकास समितिले जनाएको छ । तर ठेक्का सम्झौता गरेका ठेकेदारहरुले नियमविपरीत मेसिनको प्रयोग गरी दरौदी बगर उत्खनन गरिरहेका छन् । प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन अनुसार दरौादी नदीमा ५० सेन्टिमिटर गहिराईसम्म मात्रै ढुङ्गा गिट्टी बालुवा निकाल्न पाईन्छ । तर ५० सेन्टिमिटर भन्दा तलसम्म मेसिनको प्रयोग गरेर ठेकेदारहरुले बालुवा, गिट्टी निकाल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment