Comments Add Comment

मधेसी मोर्चाले मृत घोषणा गरेका दिगम्बरको धरानमा उपचार हुँदै

राजविराज झडपमा ३ जनाको मृत्यु भएको पुष्टि

२४ फागुन, काठमाडौं । सप्तरीको राजविराजमा भएको झडपमा तीन जनाको मात्र मृत्यु भएको पुष्टि भएको छ । मृत्यु भएको भनिएका दिगम्बर यादवको अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

अस्पतालका अनुसार उनको पिठ्यूमा गोली लागेको छ । उनको इमर्जेन्सीमा उपचार भइरहेको छ ।

सप्तरी झडपमा सुरक्षाकर्मीको गोली लागेर संजन मेहता, आनन्द साह र पिताम्बर लाल मण्डलको मृत्यु भएको छ । यसको अस्पतालले पनि पुष्टि गरेको छ ।

अस्पतालका अनुसार सप्तरी घटनामा घाइते भएका १५ जनालाई अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment