+
+

सीडीयो मारिँदा साढे सात लाख, पियन मारिँदा डेढ लाख !

मानवअधिकार आयोगले भन्यो- बराबर देऊ

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २४ गते १९:१७

२४ फागुन, काठमाडौं । धराने गजलकार स्व. गोविन्द विकलले लेखेका थिए- ‘गरीबले प्रेम गरे त्यसलाई कसले गन्छ, शाहजहाँले प्रेम गरे ताजमहल बन्छ ।’

आखिर, जुम्ला सदरमुकाममा माओवादीबाट मारिएका मालपोत कार्यालयका सहयोगी रामप्रसाद खनालको परिवारजनलाई यस्तै भयो ।

माओवादीले ०५९ कात्तिक २८ गते जुम्ला सदरमुकाम खलंगामा सशस्त्र आक्रमण गरेको थियो । सो आक्रमणमा परी प्रमुख जिल्ला अधिकारी र डीएसपीसमेत धेरैले ज्यान गुमाए ।

त्यसरी ज्यान गुमाउनेमध्ये एक थिए- मालपोत कार्यालयका सहयोगी रामप्रसाद खनाल ।

खनालको परिवारजनले नेपाल सरकारका तर्फबाट ड्ढलाख रुपैयाँ राहत पाए । तर, राज्यले त्यहाँ मारिएका सीडीओका परिवारजनलाई साढे ७ लाख रुपैयाँ राहत उपलब्ध गरायो ।

कार्यालय सहयोगी खनालको परिवारले आफूमाथि अन्याय र विभेद भयो भन्दै राज्यसँग हारगुहार गरेको १३ वर्ष बितिसकेको छ, तर अहिलेसम्म उनीहरुको रोदन कसैले सुनेको छैन ।

अन्ततः खनाल परिवारले न्याय माग्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दियो । माओवादी आक्रमणबाट मारिएका सीडीओ र आफ्नो परिवारलाई यसरी विभेद गरिनु अन्याय भएको भन्दै खनाल परिवारले याचना गरेपछि खलंगा घटना भएको १३ वर्षपछि मानवअधिकार आयोगले मंगलबार यसबारे मुख खोलेको छ ।

आयोगले सीडीओको परिवार र कार्यालय सहयोगीको परिवारलाई समान राहत उपलब्ध गराउन आयोगले भनेको छ ।

आयोगले आफ्नो निर्णय भनेको छ-
‘राज्यका पदाधिकारीसरह विनाभेदभाव समानरुपमा क्षतिपूर्ति उपलब्ध गराउन आयोगको अनुसन्धान प्रतिवेदनबाट देखिन आएकाले विनाभेदभाव समानरुपमा क्षतिपूर्ति, राहत, छात्रवृत्तिको व्यवस्था मिलाउन नेपाल सरकारलाई सिफारिस गर्ने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?