+
+
Shares

कृषि विकास बैंकमा खुल्यो जागिर

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २५ गते १४:५३

२५ फागुन, काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकले अधिकृतका लागि जागिर खुलाएको छ । बैंकले एकैपटक ४० अधिकृतस्तरका कर्मचारीका लागि दरखास्त मागेको हो ।

बैंकले आज एक विज्ञापन प्रकाशित गर्दै खुल्लातर्फ २२ , महिला ५, आदिवासी/जनजाति ५, मधेशी ४, दलित २, अपाङ्ग १ र पिछडिएको १ गरी कुल ४० जना अधिकृत माग गरेको हो ।

सूचना प्रकाशित भएको मितिले २१ दिन भित्रमा मुख्य कार्यलयमा आवेदन दर्ता गर्न सकिनेछ । आवेदन दिनका लागि आवेदकले परिक्षा दस्तुरबापत १००० रुपैयाँ र समावेसी समूहका लागि थप ३०० रुपैयाँ थप तिर्नु पर्ने बैंकले जनाएको छ ।

विज्ञापन हेर्नुस् 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?