+
+

अन्तरकजेल हाजिरीजवाफ प्रतियोगिताको उपाधि पुरानो मेडिकललाई

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ फागुन २६ गते ११:५८

२६ फागुन, चितवन । प्रथम राष्ट्रिय अन्तर डेन्टलकलेज हाजिरीजवाफ प्रतियोगिताको उपाधि कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) चितवनले हात पारेको छ ।

त्यस्तै चितवन मेडिकल कलेज (नयाँ मेडिकल)ले दोश्रो र युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवाले तेश्रो स्थान हात परेको छ । चितवनमा पहिलो पटक दाँतको सुरक्षा बारेमा जनचेतना फैलाउने उद्देश्यका साथ आयोजित प्रथम राष्ट्रिय अन्तर डेन्टल कलेज हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको नेपाल डेन्टल एशोसीएशन चितवन शाखा अध्यक्ष डा.अजय न्यौपानेले जानकारी दिए ।

दन्त चिकित्सक दिवसको अवसरमा नेपाल डेन्टल एसोशिएसन चितवन शाखाले प्रथम राष्ट्रिय अन्तरडेन्टल कलेज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियागितामा नौवटा डेन्टल कलेज सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?