Comments Add Comment

गोखराकी ७० बर्षीया कुकमाया चेपाङले पाइन् नागरिकता

२६ फागुन, गोरखा । ७० बर्षको उमेरमा नागरिकता पाएपछि गोरखाको मकैसिङ गाविस वडा नम्वर १ की कुकमाया चेपाङ दंग परिन् । ७० बर्ष पुग्दा समेत उनले नागरिकता पाएकी थिइनन् ।

नागरिकता बनाउन सदरमुकाम धाउनुपर्ने र नागरिकता बनाएपछि हुने फाइदाबारे थाहा नहुँदा उनले नागरिकता नबनाएको उनका आफन्तले बताए ।

जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा बिहीवार मकैसिङ-२ बुटारमा भएको एकीकृत घुम्ती शिविरमा उनले नागरिकता पाएकी हुन् । नागरिकता नहुँदा उनले बृद्ध भत्तासमेत पाएकी थिइनन् । गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्ऽ बस्नेतले चेपाङलाइ नागरिकता हस्तान्तरण गरे ।

उनी मात्र होइन उक्त शिविरमा नागरिकता बनाउन छुटेका अधिकांश चेपाङहरुले नागरिकता बनाए । जनचेतनाको अभावले उक्त क्षेत्रमा रहेको चेपाङ वस्तीका अधिकांश चेपाङहरु राज्यबाट पाउने सेवाबारे अनविज्ञ छन् ।

शिविरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला कृषि बिकास कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला अस्पताल, जिल्ला जनास्वास्थ्य लगायतका कार्यालयहरुले सेवा दिएका छन् ।

मनकामना, भुम्लिचोक, मकैसिङ, ताङलीचोक, ताक्लुङ र घ्याल्चोक गविसका स्थानियहरुलाइ लक्षित गरि शिविर गरिएको हो । शिविर भोलिसम्म चल्नेछ । सरकारी कार्यालयबाट पाउने सेवा गाउँमै दिने उदेश्यले जिल्लाको बिभिन्न ठाउँमा घुम्ती शिविर गर्दै आएको प्रजिअ बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment