+
+

अचानक स्वास्थ्यमा यस्तो गम्भीर समस्या देखापरे के गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २७ गते १०:५९

कहिलेकहिं अचानक शरीरमा गम्भीर समस्या देखापर्न सक्छ । कुनैबेला दुर्घटनामा पर्न सकिन्छ । यसरी आकस्मिक रुपमा आइपर्ने स्वास्थ्य समस्यामा के गर्ने ?

अक्सर हामी हडबडाउँछौ । सही निर्णय लिन सक्दैनौ । यद्यपी ति अवस्थामा पनि संयम अपनाएर प्राथमिक उपचार गर्न सकियो भने संभावित खतराबाट उम्कन सकिन्छ ।

हृदयघात भएमा (दम)

प्राथमिक उपचार

–   बिरामीलाई त्यही स्थानमा रहन दिनुपर्छ, जहाँ आरम महसुष गर्न सकोस् ।

–   ध्यान राखौं कि ब्यक्ति वेहोस नहोस्, त्यसैले हावा चल्ने स्थानमा राख्नुपर्छ ।

–   उसको धड्कन, उच्च रक्तचाप, चेतना अदिको बेलाबेला जाँच गरिरहनुपर्छ ।

–   यदि उसलाई सास फेर्न गाह्रो भइरहेको छ भने कम्मरमा सिरानी राखेर उठाइदिनुपर्छ ।

–   हृदयघात भएको तीन घण्टाअघि नै सही उपचार गराउनुपर्छ ।

अस्थमा आक्रमण

प्राथमिक उपचार

–   विरामीलाई आरमदायक ढंगले कुर्सीमा बसाउने ।

–   आसपासमा भिड नगर्ने, शान्त र खुला स्थानमा राख्ने ।

–   उनीहरुसँग रिलिवर पफ हुनसक्छ, त्यसैले बिरामीलाई रिलिवर पफ प्रयोग गराउने ।

–   यदि त्यसले कुनै सुधार देखिएन भने चिकित्सकलाई तुरुन्तै खबर गर्ने ।

बेहोस भएको अवस्थामा

प्राथमिक उपचार

–   खुला हावा आउने स्थानमा लगेर सुताइदिनुपर्छ । खुट्टामा केहि सिरानी राखेर खुट्टाको भाग उठाइदिनु पर्छ ।

–   हात खुट्टा चिसो भयो भने त्यसलाई तातो बनाउन मसाज गरिदिनुपर्छ ।

–   झोलयुक्त खानेकुरा ख्वाउनुपर्छ । पानी, कागती पानी दिनुपर्छ ।

हातखुट्टा मर्किएमा वा हड्डी भाँचिएमा

प्राथमिक उपचार

–   चोट लागेको स्थानमा कुनै सर्पोट बिना हल्लाउनु, चलाउनु हुँदैन, त्यहाँ कुनै खालको दबाव हुनुहुँदैन ।

–   यदि हल्लाउनु वा चलाउनु परेको अवस्थामा चोट लागेको ठाँउमा कार्डबोर्ड, पत्रिकालाई फोल्ड गरेर राख्ने, सावधानीपूवर्क कपाडा बाँध्ने ।

–   सुन्निएको कम गर्न वा दुखाई कम गर्नका लागि चेट भएको स्थानमा बरफ वा आइसक्युवले हल्का रगड्ने ।

–   टाउको, गर्दन र कम्मरमा चोट लागेको छ भने हिँडडुल गर्नु हुँदैन ।

आगोले जलेमा

प्राथमिक उपचार

–   यदि कपडामा आगो सल्कियो भने यताउता भाग्ने भन्दा जमिनमा रोल गरिहाल्नुपर्छ ।

–   जलेको व्यक्तिलाई पानी हाल्ने होइन, बरु कम्बलले बेरेर आगो निभाउने प्रयास गर्नुपर्छ ।

–   पीडितलाई सुरक्षित स्थानमा लगेर तुरुन्तै कपडा बदलिदिने ।

–   जलेको भागमा बरफ लगाउने गल्ती नगरौ, बरु चिसो पानी हाल्नुपर्छ ।

–   सुन्निएको र पोलेको कम गर्न घिउकुमारीको लोशन लगाउने ।

सडक दुर्घटनामा

प्राथमिक उपचार

–   रगत धेरै बग्नबाट रोक्नका लागि चोट लागेको भागमा दबाएर राख्ने वा सफा कपडाले बाँध्ने ।

–   सडक दुर्घटनाको क्रममा व्यक्तिको मेरुदण्डको हड्डी भाचियो वा टाउकोमा चोट लाग्यो भने धेरै यताउता हल्लाउनु हुँदैन ।

–   दुर्घटनाग्रस्त व्यक्तिको हातखुट्टा चिसो हुनसक्छ । त्यसैले उसको हातखुट्टा मसाज गरिदिनुपर्छ ।

–   सकेसम्म चाडै चिकित्सककाहाँ पुर्‍याउने व्यवस्था गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?