+
+

नोकिया ३३१० को धमाकेदार प्रि-बुकिङ, नोकिया सिक्स पुनः स्टक आउट

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २७ गते ११:०७

बार्सिलोनामा भएको मोबाइल वल्र्ड कंग्रेसमा नोकियाले हालै आफ्नो क्लासिक फिचर फोन ३३१० लाई नयाँ रुप तथा ढंगमा पेश गर्यो । बेलायतको एक कम्पनीले नयाँ नोकिया ३३१० को रजिष्ट्रेसनका लागि उपलब्ध गराएको छ । प्रिबुकिंगका क्रममा ग्राहकहरुमा अत्यन्तै उत्साह देखिएको छ । ठूलो संख्यामा मानिसहरुले प्रिबुकिंग गराइरहेका बताइएको छ ।

यसबाट प्रष्ट हुन्छ कि नोकिया ३३१० लाई लिएर मानिसहरु निकै उत्साहित छन् र यो ऐतिहासिक फोन खरिद गर्न चाहन्छन् ।

उता नोकियाको पहिलो एन्ड्रोइड फोन नोकिया सिक्सको कुरा गर्ने हो भने यो फोनको अहिले पनि चीनमा उच्च माग छ । यसअघि भएको फ्लास सेलमा तत्कालै आउट अफ स्टक भएको यो फोन गत मंगलबार भएको सेलमा पनि पुनः निकै कम समयमै आउट अफ स्टक भयो । यो पटक फोनको नयाँ ३२ जिबी भेरिएन्ट पनि बिक्रिका लागि उपलब्ध थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?