Comments Add Comment

केन्याबिरुद्ध पारस खेल्ने नखेल्ने भोलिमात्रै निर्णय हुने

२७ फागुन, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीपको पाचौं चरणमा केन्याबिरुद्ध नेपाली टोलीका नियमित कप्तान पारस खड्का खेल्ने नखेल्ने भोलि बिहान मात्रै निर्णय हुने भएको छ ।

तीन साताअघिमात्रै एपेण्डिक्सको शल्याक्रिया गरेका पारस पूर्ण फिट भइसकेका छैनन् । उनले केहि दिनअघिमात्रै प्रशिक्षणमा सामेल भएका थिए ।

केन्यासँगको खेलको एकदिन अघि आज पनि उनले टिममेटसँगै अभ्याससत्रमा सहभागी भए । तर भोलि आफू खेल्न सक्ने नसक्ने भोलि नै निर्णय हुने उनले बताए ।

अभ्यासपछि कीर्तिपुरमा सञ्चारकर्मीसँगको कुराकानीमा कप्तान पारसले खेल्नका लागि मानसिक रुपमा तयार भएको र शारिरिक रुपमा पनि सुधार भइरहेको बताए ।

उनले भने, ‘केहि दिनअघिसम्म चालीस प्रतिशत फिट थिएँ भने अहिले ६०/७० प्रतिशत भएँ होला, खेल्ने नखेल्ने भोलि बिहानै निश्चित हुन्छ ।’

साथै उनले कुनै खेलाडीले खेल्नु नखेल्नु भन्दा पनि टिम गेम भएकाले आफ्नो अनुपस्थितिमा पनि टिमले राम्रो गर्ने भनाई दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment