+

तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिका जाँदै

२०८२ असार  ३० गते २१:१३ २०८२ असार ३० गते २१:१३
तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिका जाँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ वर्ल्ड तेक्वान्दो हान्मादाङमा सहभागी हुन अमेरिका जान लागेकी छन्।
  • काजलले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्नेछिन्।
  • २०२५ मा काजल श्रेष्ठ उत्कृष्ट निर्णायक घोषित भएकी थिइन्।

३० असार, काठमाडौं । तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ मंगलबार अमेरिकाको क्यालिफोर्निया जाने भएकी छन् ।

जुलाइ १७ देखि १९ तारिखसम्म हुने वर्ल्ड तेक्वान्दो हान्मादाङमा निर्णायकका रूपमा सहभागी हुन काजल अमेरिका जान लागेकी हुन् ।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले प्रतियोगितामा ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्ने छिन् ।

काजलले यसअघि अस्ट्रेलियन ओपन तथा जापानमा २०२४ र २०२५ मा भएको वाटा ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

यसै वर्ष २०२५ को वाटा ओपनमा काजल उत्कृष्ट निर्णायक पनि घोषित भएकी थिइन् ।

काजल श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय