+
+

आफैंलाई परेपछि सामाजिक संस्थाको महत्व बुझिन्, छालिमायाले

आरपी सहयात्री आरपी सहयात्री
२०७३ फागुन २९ गते ११:२२

युएई । परदेशमा काम गर्दा कुनै सामाजिक संस्थाको सदस्य भएको खण्डमा दुःखमा राहत पाइन्छ भन्ने उदाहरण बनेकी छन्, झापा विर्तामोडकी छलिमाया थापा मगर । करिब एक वर्षअघि रोजगारीका लागि युएई आएलगतै उनी अन्तर्राष्ट्रिय कलाकार समाजका पदाधिकारीको सम्पर्कमा आइकी थिइन् । कलाकार समाजका महासचिव राम तामाङले उनलाई झापाली समाजको सम्पर्कमा पुर्‍याए ।

उनै थापा छोराछोरीको सुखद भविष्यको कल्पना गर्दै युएईको राक क्षेत्रमा एक विद्यालयमा क्लिनरका रुपमा काम गरिरहेकी थिइन् । काम सुरु गरेको तीन महिनामै उनी अचानक बिरामी परिन् । इनासका महासचिव तामाङ र झापाली समाजको सक्रियतामा स्वास्थ्य परीक्षण गराइयो । प्रारम्भमा एनआरएनले उनको खर्च ब्याहोर्ने भनिए पनि इनासका महासचिव तामाङले इनासको नाममा करिब ७ सय दिराम व्यक्तिगत रुपमा सहयोग गरेका थिए ।

रसियन चिकित्सकले अवस्था सामान्य भने पनि उनको अवस्थामा सुधार आएन । सिफारिस गरेको औषधि सेवन गरिसकेपछि पनि बीसको उन्नाइस नभएपछि स्तन क्यान्सर जस्तो गम्भीर रोगको आशंकामा उनले नेपाल जाने निर्णय गरिन् । तर, कम्पनीले सजिलै किन बिदा दिन्थ्यो र ? भिसा अवधि धेरै भएको भन्दै कम्पनीले क्यान्सिल जानका लागि उनैसँग पैसा माग्न थाल्यो । शारीरिक र मानसिक तनाव बढ्दै गएपछि थापा काम छोडेर गत फेब्रुवरी १ तारिखदेखि काममा जान छाडिन् । करिब ४० दिनभन्दा बढी कोठामै बसेर संघर्ष गर्दा उनले पाउनुसम्मको दुःख पाइन् ।

उनले आफू आबद्ध समाजका पदाधिकारीसमक्ष आफ्नो पीडा सुनाइन् । झापाली समाज, राक क्षेत्रीय अध्यक्ष खगेन्द्र बुडाथोकीले केन्द्रीय अध्यक्ष रोहित भण्डारीलाई समस्या समाधानका उपायबारे सल्लाह गरे । अध्यक्ष भण्डारीले नेपाली दूतावासमा जानकारी गराए । दूतावासका द्वितीय सचिव कृष्ण अर्याल, श्रमसहचरी हिरा यादवले कम्पनीमा दबाब दिन थाले । दूताबासको दबावपछि कम्पनीले नयाँ मेडिकल रिपोर्ट भए नेपाल जान सक्ने सर्त राख्यो । अन्ततः झापाली समाज क्षेत्रीय समिति रास अल खेमाले मेडिकलबाट नयाँ रिपोर्टका लागि सहयोग गर्‍यो । यो अबधिमा क्षेत्रीय अध्यक्ष खगेन्द्र बुढाथोकी, उपाध्यक्ष तिलक बुडाडथोकी र सचिव सुनील चौहानले आफ्नो क्षेत्रको समस्या समाधानका लागि चारैतिर हारगुहार गरे । अन्ततः लामो संघर्षपछि उनलाई कम्पनीले बिदा दियो ।

बिदा त दियो तर करिब २ महिना बेरोजगार बसेकी थापालाई नेपाल जान नै समस्या पर्यो । उनको समस्यालाई नजिकबाट नियालिरहेको राक क्षेत्रीय समितिले झापाली समाजका सबै क्षेत्रीय समिति र केन्द्रीय समितिमा आन्तरिक रुपमा सहयोगको अपिल गर्यो । अन्ततः चौबिस घन्टामै झापाली समाजले उनलाई नेपाल जानका लागि हवाई टिकट बराबरको आर्थिक सहयोग संकलन गर्‍यो ।

उनी स्वास्थोपचारका लागि नेपाल जान लागेकी छन् । समाजको क्षेत्रीय समिति रास अल खेमाको अग्रसरतामा सञ्चालित सहयोग अभियानमा रास अल खेमा क्षेत्रका पदाधिकारीहरुले उल्लेख्य सहयोग गरेको राक क्षेत्रीय सचिव सुनील चौहानले जानकारी दिए ।
करिब एक वर्षअघि एक क्लिनिङ कम्पनीमा युएई आएकी उनी बिरामी परेपछि । परीक्षण पश्चात झापाली समाज राक क्षेत्रको सहयोगमा युएईमै औषधी सेवन गरिरहेकी थापा थप परीक्षण गर्नुपर्ने अवस्था आएपछि नेपाल जान लागेकी हुन् । समाजका विभिन्न क्षेत्रीय समिति तथा केन्द्रीय समितिका पदाधिकारीहरुको सहयोगमा टिकट बराबरको रकम उपलब्ध गराएको राक क्षेत्रीय अध्यक्ष खगेन्द्र बुढाथोकीले जानकारी दिएका छन् ।

मार्च १० तारिख शुक्रबार समाजको राक क्षेत्रको मासिक बैठकमा पीडित थापालाई टिकट बराबरको रकमका साथ केही पकेट खर्च पनि दिएको बिदाई कार्यक्रमको अध्यक्षता गरेका केन्द्रीय सदस्य सन्तोष कालिकोटेले जानकारी दिएका छन् । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै क्षेत्रीय सल्लाहकारद्वय सरोज ओली र केशव कार्कीले मानवीय सहयोग अभियानमा सहयोग गर्न पाएकोमा समाजप्रति गौरव लागेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?