Comments Add Comment

हिमालयन बैंकले गर्यो असहाय बालबालिकालाई सहयोग

२९ फागुन, काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं–३ भद्रकाली गाविस हात्तीगौंडास्थित “न्यु चिल्ड्रेन्स होम” का वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ ।

बैंकले सो चिल्ड्रेन्स होममा रहेका वाल वालिकाहरुलाई भाँडाकुँडा (ग्याँस सिलिन्डर, ग्याँस चुलो, कराई, प्रेसर कुकर, डेक्ची, चम्चा आदि) तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, चिउरा, चिनी, पीठो, विस्कुट आदि) सहयोग गरेको हो ।

देशका विभिन्न स्थानका तीस जना गरीब तथा असहाय वालवालिकाहरुलाई उक्त चिल्ड्रेन्स होमले आश्रय दिईरहेको छ । बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले सहयोग हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment