+
+

पोखरा फाइनान्सको एफपीओ आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २९ गते ११:३४


२९ फागुन, काठमाडौं । पोखरा फाइनान्सले पनि एफपीओ जारी गर्ने भएको छ । कम्पनीले ९ लाख ८३ हजार कित्ता एफपीओ जारी गर्ने भएको हो ।

कम्पनीले एफपिओको अनुमतीको लागि धितोपत्र बोर्डमा फागुन २६ गते आवेदन दिएको छ । कम्पनीले एफपीओ मूल्य भने सार्वजनिक गरेको छैन् । कम्पनीले एफपिओको लागि प्रिमयम मूल्य समेत तोकेको हुनसक्ने देखिन्छ । धितोपत्र बोर्डले कम्पनीले प्रस्ताव गरेको मूल्यलाई स्वीकृती दिएपछि मात्रै यो सार्वजनिक हुने देखिन्छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल रहेको छ । कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व संरचना ५१  : ४९ बनाउने उदेश्यले एफपीओ जारी गर्न लागेको कम्पनीको २० औं बार्षिक साधारण सभाको एजेण्डामा उल्लेख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?