+

खानेकुराबाटै घटाउन सकिन्छ कोलेस्टेरोल

२०८० भदौ  २५ गते १६:४० २०८० भदौ २५ गते १६:४०
खानेकुराबाटै घटाउन सकिन्छ कोलेस्टेरोल

काठमाडौं । शरीरमा कोलेस्टेरोल बढ्ने समस्या अहिले धेरैलाई छ । कोलेस्टेरोलको समस्या मुख्यत: दुई कारणले हुन्छ, वंशाणुगत र खानेकुरा । यसबाहेक तनावले पनि कोलेस्टेरोल बढाउन सक्छ ।

कोलेस्टेरोल बढेसँगै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ता हुन्छ । वंशाणुगत कारणले हुने समस्या रोक्न नसकिने भए पनि खानेकुराका कारण हुने कोलेस्टेरोल घटाउन सकिन्छ ।

तर कसरी ?

पोषणविद् प्रणिती सिंह भन्छिन्, ‘हीरालाई हीराले काट्छ भनेजस्तै खानेकुराले कोलेस्टोरेल बढ्छ भने खानेकुराकै कारण घटाउन सकिन्छ । कोलेस्टोरेल घटाउन हरियो सागपात, नर्टस्, एभाकाडो, ओट्स जस्ता फाइबरयुक्त खानेकुरा सेवनले घटाउन मद्दत गर्छ ।’

शरीरमा एचडLएल अर्थात् राम्रो र एलडीएल अर्थात् खराब गरी दुई प्रकारको कोलेस्टेरोल हुन्छ । जसमा खराब कोलेस्टोरेल बढेमा मुटुरोगको जोखिम हुन्छ ।

अर्की पोषणविद् अनुश्री आचार्यका अनुसार नट्स अर्थात ड्राइफुड, एभोकाडो, जौ, ओट्स, बीउ, माछा वा माछाको तेलको सेवनले शरीरमा कोलेस्टोरेल घटाउन सकिन्छ । किनकि यसमा शरीरलाई चाहिने राम्रो फ्याट, ओमेगा थ्री र सिक्स प्रशस्त मात्रामा हुन्छ । जसले राम्रो कोलेस्टोरेल बढाउँछ र नराम्र्रो कोलेस्टेरोल कम गर्न मद्दत गर्छ । यसमा भिटामिन ई, म्याग्नेसियम तथा पोटासियम हुने भएकाले मुटुका लागि निकै फाइदाजनक हुने आचार्य बताउँछिन् ।

ओन्ली माइ हेल्थमा प्रकाशित लेखमा करेलामा पनि कोलेस्टोरेल घटाउने उल्लेख छ । जसमा स्वास्थ्य आहार तथा पोषण क्लिनिककी आहारविद् डा. सुगीता मुटरेजाकाले करेला खानाले उच्च वा खराब कोलेस्टोरेल घटाउँछ । यसमा भएको फाइबर, क्याल्सियम, भिटामिन सी, भिटामिन ए, आइरन र पोटासियमले खराब कोलेस्टोरेल घटाउन मद्दत गर्छ । यसमा भएको एन्टीअक्सिडेन्ट र पोटासियम मुटुको स्वास्थ्यका लागि राम्रो मानिन्छ । करेलाको जुस दैनिक पिउन सकिने पनि मुटरेजाका बताउँछिन् ।

कसरी कम गर्छ ?

करेलामा फाइबर पनि हुन्छ, जसले एडीएल अर्थात् खराब कोलेस्टेरोल कम गरेर राम्रो कोलेस्टेरोल बढाउन मद्दत गर्छ । यो जुस पिउनाले एथेरोस्क्लेरोसिस अर्थात् धमनीमा बोसो जम्ने खतरा पनि कम हुन्छ । करेलाको जुस दैनिक सेवन गरेमा मुटुसम्बन्धी रोगबाट समेत जोगिन सकिन्छ ।

कोलेस्टोरेल भएमा के खान हुँदैन ?

तारेको, भुटेको, रातो मासु, जंकफुड, प्रशोधित खानेकुरा र जाँडरक्सी चुरोट जस्ता खानेकुरा खानुहुँदैन । यी खानेकुरामा धेरै मात्रामा नराम्रो फ्याट हुन्छ ।

कोलेस्टेरोल खानेकुरा
प्रणिती सिंह
लेखक
प्रणिती सिंह
क्लिनिकल बेरियाट्रिक तथा पोषणविद्

पोषण विशेषज्ञको रुपमा काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय