+
+
निम्बुको व्यञ्जन :

नेपाली जिब्रो, समुन्द्री स्वाद

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १८:५३

बाली प्राउन टेम्पुरा, सिंगापुरे प्राउन चिल्ली, क्रिप्सी थाई फिस । नाम सुन्दा थाहा हुन्छ, यी समुन्द्री व्यञ्जन हुन् । परम्परागत नेपाली थालीमा नअटाएका समुन्द्री व्यञ्जनको स्वाद कहाँ लिने त ?

अहिले शहरमा थुप्रै रेष्टुरेन्ट छन्, जहाँ विश्वभरका मेनु उपलब्ध छन् । तपाईं बेइजिङ डग खानुहुन्छ वा भियतनामी फ । जापानी सुसीले स्वाद फेर्नुहुन्छ वा थाइल्यान्डको तोमयाम सुपले । शहरमा यी अनेकथरी व्यञ्जनले मुखको स्वाद फेर्न सकिन्छ । यसैको सिलसिला हो, निम्बु रेष्टुरेन्ट ।

काठमाडौंको गहनापोखरीस्थित निम्बु रेष्टुरेन्टले अहिले आगन्तुकलाई समुन्द्री व्यञ्जन पस्किरहेको छ ।

समुन्द्री खाना आफैमा पोषणको समृद्ध स्रोत मानिन्छ । समुन्द्री परिकार भिटामिन र खनिजका प्राकृतिक स्रोत हुन् । साथै यसमा संप्तृप्त वोसो र प्रोटिन अधिक मात्रामा पाइन्छ । समग्रमा स्वाद र स्वास्थ्य दुबैका लागि उत्तम मानिन्छ, समुन्द्री व्यञ्जन ।

सञ्चालक प्रभात योगी भन्छन्, ‘विश्वभर नै समुन्द्री खाना प्रमूख र विलासी भोजनको रुपमा प्रख्यात छ’ ।

निम्बुको समुन्द्री व्यञ्जन 

त्यसो त यो रेष्टुरेन्ट मःमका लागि खास मानिन्छ । मटका वा दार्जिलिङे स्वादको मःम यहाँ धेरैले रुचाएका छन् । पछिल्लो समय भने रेष्टुरेन्टले समुन्द्री व्यञ्जन चखाइरहेको छ । त्यो पनि फरक–फरक भूगोलको ।

जस्तो इन्डोनेसियाको स्वादमा बाली प्राउन टेम्पोरा, थाइल्यान्डको स्वादमा क्रिप्सी थाई फिस । यद्यपि फरक भूगोलका यी परम्परागत व्यञ्जनलाई नेपाली स्वादअनुसार केही परिवर्तन गरिएको सञ्चालक प्रभात योगी बताउँछन् ।

समुन्द्री व्यञ्जनमा पनि विशेष लाग्नसक्छ, फिस एन्ड चिप्स । सञ्चालक योगीका अनुसार यो इङ्ल्यान्डको राष्ट्रिय व्यञ्जन हो । ‘कुजिनमा एपिटाइजर, स्टार्टर, मेन कोर्स र डेजर्ट हुन्छ’ योगी भन्छन्, ‘फिस एन्ड चिप्स चाहिँ मेन कोर्स हो ।’ इङ्ल्यान्डमा कुनै उत्सव, पर्वमा यो परिकार प्रमूखताका साथ पस्कने गरिन्छ ।

यसको असली स्वादलाई कायम राख्दै थोरै नेपाली मसला मिश्रण गरेर फिस एन्ड चिप्स तयार गरिएको उनले बताए ।

यसैगरी निम्बुले सिंगापुरे चिल्ली प्राउन । ‘चिल्ली भनेपछि धेरैलाई लाग्न सक्छ यो निकै पिरो हुन्छ, तर त्यस्तो तिख्खर पिरो हुँदैन’ योगी भन्छन् ।

निम्बुले पस्कने समुन्द्री व्यन्जनमा फिस एन्ड चिप्स, सिंगापुरे चिल्ली प्राउनसँगै इन्डोनेसियाका प्रख्यात परिकार बाली प्राउन टेम्पुरा र क्रिप्सी थाई फिस पनि ।

बाली प्राउन टेम्पुरा

क्रिप्सी थाई फिस

सिङ्गापुरे चिल्ली प्राउन

फिस एन्ड चिप्स

फोटो-भिडियो : शंकर गिरी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?