+

जलनेती के हो, कसरी गरिन्छ ?

२०८० भदौ  २४ गते १४:५३ २०८० भदौ २४ गते १४:५३
जलनेती के हो, कसरी गरिन्छ ?

जलनेती एक प्राचीन र प्राकृतिक योगिक क्रिया हो । जसरी दाँत माझेर दाँतको सरसफाइ गरिन्छ, जलनेतीको अभ्यासले नाकको सरसफाइ हुन्छ ।

नाक सफा गर्ने यस प्रक्रियामा नाकबाट फोहोर हटाउन नाक नुन पानीले धोइन्छ । यसले पिनासबाट छुटकारा पाउन पनि मद्दत गर्नुका साथै नाकमा फोहोर जम्न दिंदैन र जम्मा भएका कीटाणु पनि निकाल्छ । कुनै पनि योगाभ्यास गर्न राम्रोसँग सास लिन सहज बनाउन जलनेतीले मद्दत गर्छ ।

विधि

-जलनेती योग गर्न नेती भाँडाको आवश्यकता पर्छ । जलनेती गर्ने भाँडा बजारमा पाइन्छन् । जुन नाकमा ठीकसँग सेट हुनुपर्छ ।

-अब नेती भाँडोमा एक लिटर मनतातो पानी लिने र यसमा एक चम्चा नुन हाल्नुपर्छ ।

-जलनेती गर्न दुई खुट्टाको बीचमा अलिकति दूरी राखेर बस्नुपर्छ ।

-टाउको अलि तल झुकाउने र मुखबाट सास फेर्न सुरु गर्ने, ताकि एउटा नाकबाट हालेको पानी अर्को नाकको प्वालबाट आउन सहज होस् ।

-कम्मरबाट अलिकति झुकेर पनि जलनेती योग गर्न सकिन्छ ।

-अब पानीले भरिएको नेती भाँडो लिनुहोस् र यसलाई आफ्नो दाहिने नाकको प्वालमा राखेर र बिस्तारै पानी खन्याउनुपर्छ ।

-अब फेरि देब्रे नाकको प्वालमा नेती भाँडोमा पानी हालेर दाहिने नाकको प्वालबाट पानी बिस्तारै हाल्नुपर्छ  ।

जलनेती दिनको कुनै पनि समयमा गर्न सकिन्छ तर बिहानको समयमा गर्नु उपयुक्त हुन्छ । जलनेती साताको एकपटक गर्नु उपयुक्त हुन्छ । यदि कसैलाई रुघाखोकी लागेको छ भने यो दिनमा दुईदेखि तीनपटक गर्दा फाइदाजनक हुन्छ ।

यो अभ्यास पहिलोपटक गर्दा योग प्रशिक्षकको निगरानीमा मात्र गर्नुपर्छ । नाक, कान र घाँटीको शल्यक्रिया गरेका, ढाड दुख्ने समस्या भएका र गर्भवती महिलाले बाहेक सबैले यो अभ्यास गर्न सक्छन् ।

फाइदा

-जलनेती गर्दा नाकभित्रको झिल्लीमा रगतको प्रवाह बढ्छ । यो नाकसम्बन्धी समस्याको लागि एक प्रभावकारी उपचार हो ।

-नुन पानीले नाक पनि सफा हुने हुँदा पिनास, रुघा र चिसो र प्रदूषणबाट बच्न सकिन्छ । यसले नाक वरपर कीटाणु बढ्न दिंदन ।

-अनिद्राबाट पीडित व्यक्तिले नियमित रूपमा यसको अभ्यास गरेमा निन्द्रा लगाउन मद्दत गर्छ ।

-माइग्रेन भएकाहरुले यो अभ्यास गर्दा टाउको दुख्ने समस्या कम हुन्छ ।

-आँखासम्बन्धी समस्या जस्तै आँखा दुख्ने,  आँखाको ज्योति गुम्ने उपचार यसमा गरिन्छ ।

-कानको रोग, सुन्ने समस्या र कानबाट पानी बग्ने रोगको उपचारमा यो लाभदायक हुन्छ ।

जलनेतीपछि नाकलाई सुख्खा राख्न कपालभाती प्राणायाम गर्नु लाभदायक हुन्छ ।

कपालभाती

कपालभाती भनेको भित्रको सासबाहिर छाड्ने प्रक्रिया हो । जलनेतीपछि  कपालभाती गर्नाले नाकलाई आराम मिल्नुका साथै नाकलाई सुख्खा राख्छ ।

त्यति मात्र होइन, यस विधिले नाकलाई सफा गर्ने, पाचनप्रणालीलाई स्वस्थ राख्ने, फोक्सोको कार्य क्षमतालाई बलियो बनाउने र शरीरभित्र शुद्ध अक्सिजन पुर्‍याउँछ । शरीरमा पर्याप्त अक्सिजन भएपछि रक्तप्रवाहमा समेत सहज हुन्छ र मनलाई शान्त बनाउँछ ।

विधि

कपालभाती गर्न आफ्नो मेरुदण्ड सीधा राखेर आरामसँग बस्नुपर्छ । आकाशतर्फ हेर्दै भित्र लामो गहिरो सास लिनुपर्छ । श्वास छोड्दा, आफ्नो पेटले  मेरुदण्डलाई छोएको जसरीभित्र तान्ने । कपालभाती प्राणायामको एक राउण्ड पूरा गर्न २० पटक श्वास लिंदै छाड्नुपर्छ ।

(प्राकृतिक चिकित्सक गुरुवाचार्य सुस्वास्थ्य अस्पतालमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

तस्वीर, भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

जलनेती प्राथी गुरुवाचार्य
लेखक
प्राथी गुरुवाचार्य, प्राकृतिक चिकित्सक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘सपना नदेखेको धेरै रात भयो’

‘सपना नदेखेको धेरै रात भयो’

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?